October 30, 2008
October 27, 2008
नेवा: जागरणमन्च जापानद्वारा नेपाल संवत् कार्यान्वयन माग
नेवा: जागरणमन्च जापानले एक वक्तव्य जारी गरी नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएकोमा स्वागत गर्दै
विक्रम संवत् हटाएर नेपाल संवत् कार्यान्वयन गर्न मंचले माग गरेको छ ।
नेपाल संवत् नेवारी समुदायको मात्र नभई सबै नेपालीको भएकाले कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने
कुरा वक्तब्येमा उल्लेख गरिएको छ /
त्यस्तै येहि आउने गोवर्द्धन पूजाका दिन नेपाल संबत् ११२९को नयाँ वर्शको उपलछ्येमा सार्बनिक बिदाको पनि जोडदार माग गरिएको छ /
नेपाल संवत् कार्यान्वयन माग
नेपाल संवत् कार्यान्वयन माग
कास
प्रतिष्ठानले ठिमीमा आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । अध्यक्ष मदनकृष्ण श्रेष्ठले विक्रम संवत् विदेसी संवत् भएकाले नेपाल संवत्लाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । नेपाल संवत् नेवारी समुदायको मँत्र नभई सबै नेपालीको भएकाले कार्यान्वयन गर्न आनाकानी गर्न नहुने उनले बताए । नेपाल संवत् भारत र चीनमा समेत लागू भइरहेको अवस्थामा नेपाल सरकारले समेत ढिलाइ गर्न नहुने उनले बताए । सरकारले नेपाल संवत्को बिदा नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे । ‘नेपाल संवत्को पहिलो -गोवर्द्धन पूजा) का दिन बिदा दिनर्ुपर्छ,’ श्रेष्ठलेे भने ।
Posted on: 2008-10-26 23:20:50
सरकारी मान्यताको स्वागत
सरकारी मान्यताको स्वागत
नेपाल समाचारपत्र (काठमाडौं) नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गराउने चुनौतीले निकास पाए पनि व्यावहारिक प्रयोगमा अझै थुप्रै बाधा रहेको पर्यटनमन्त्री हिसिला यमीले बताउनुभएको छ।
नेवाः जागरण मञ्चद्वारा न्हुँ दँ ११२९ को अवसरमा शनिबार आयोजित शुभकामना आदान-प्रदान तथा तुच्चा कार्यक्रममा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभयो- जनयुद्धले भत्काएका सामन्ती सोच र उत्पीडित-उपेक्षित जनताद्वारा स्थापित मूल्यमान्यतालाई जसरी देशी-विदेशी षड्यन्त्रकारीहरूले कार्यान्वयन गर्ने कार्यमा तगारो तेर्स्याउने कार्य भइरहेको छ त्यसै गरी देशभित्रै राष्ट्रिय संवत् नेपाल संवत्लाई संकुचित घेरामा सीमित पार्ने षड्यन्त्र हुन सक्दछ।’
कार्यक्रममा नेपाली कांग्रेसका सभासद् नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, कृष्णा अमात्य, नेपाः राष्ट्रिय पार्टी सभासद् बुद्ध सायमी, नेवाः देय् दबूका महासचिव पवित्र वज्राचार्य र पर्ूवमन्त्री पीएल सिंहलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। तुच्चा कार्यक्रमलाई स्वागत गर्दै मञ्चका संयोजक सुजीव वज्राचार्यले नेवार संघीय राज्यव्यवस्थाको नजिक र स्वायत्त अधिकार प्राप्तिका लागि सक्षम हुँदै गइरहेको बताउनुभयो।
यसैबीच नेवाः महागुथि नेपाःद्वारा नेपाल संवत्का प्रवर्द्धक राष्ट्रिय विभूति शंखधर साख्वाः बारे अनुसन्धान गरी योगदान पुर्याउनुभएबापत इतिहासविद् भुवनलाल प्रधानसहित ४ जनालाई सम्मान गरेको छ। सम्मानित अन्य व्यक्तिहरूमा स्व. ज्यापु पञ्च, पत्रकार बुद्धाचार्य शाक्य र आर्किटेक्चर सौभाग्य प्रधाना• हुनुहुन्छ।
शंखधर अनुसन्धान सिरपाः समितिका संयोजक डा. सुन्दरकृष्ण जोशी, काशीनाथ तमोट र पुरातत्त्वविद् साफल्य अमात्यको निर्णायक मण्डलले पुरस्कृतको छनोट गरेको थियो।
यसैबीच नयाँ वर्ष११२९ को उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति रामकृष्ण चित्रकार, श्रीमती मीना र क्यानेडियन नागरिक नव हाउडद्वारा बालमन्दिर नक्सालमा एक बालभोजन कार्यक्रम आयोजना गरियो।
यसैबीच स्यस्यः समाज, नेपाल भाषा मंकाः खलः र ल्याय्म्ह पुचः
-युवा समूह)ले नेपाल संवत्लाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिएकोमा प्रसन्नता व्यक्त गर्दै सरकारको सो निर्णये सम्पूर्ण नेपालीलाई गौरवान्वित गराएको जनाएका छन्।
स्यस्यः समाजको शनिबार बसेको बैठकले नेपाल सरकारलाई राष्ट्रिय मान्यता दिइएकोमा स्वागत गर्दै नेपाल समाचारपत्रलाई इमेज पुरस्कार प्राप्त भएकोमा बधाईसमेत दिएको छ।
पुचःको शनिबार भएको विशेष साधारण सभाले पुचःले लामो समयदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको भन्दै निर्णयाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग अनुरोध गरेको छ।
मंकाः खलःले जारी गरेको विज्ञप्तिमा भने निर्णयकार्यान्वयन गर्न सरकार गम्भीरतापर्ूवक लाग्ने विश्वास गरेको छ।
यस्तै राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले शनिबार नै एक वक्तव्य जारी गरी नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएकोमा स्वागत गर्दै त्यसको कार्यान्वयनका लागि तत्काल कार्यदल खडा गर्न आग्रह गरेको छ।
यसैबीच हेटौंडा संवाददाताका अनुसार चन्द्रशमशेरले जातीय अहंकार तृप्ति गर्न र भारतीय संस्कृतिमाथि गर्व गर्दै त्यहाँका राजपूतसँग नजिक हुन सरकारी प्रचलनबाट हटाएको नेपाल संवत्लाई वर्तमान सरकारले मान्यता दिएपछि यहाँका विशेषतः नेवार समुदाय खुसी देखिएका छन्।
October 24, 2008
कतारमा नेपालीको मृत्यु
कतारमा नेपालीको मृत्यु
कास
आफन्त केशवका अनुसार सुनखानी-९ खोलाखर्कका डोलबहादुर भण्डारीको दर्ुघटनामा मृत्यु भएको हो । उनले कामबाट र्फक“दा सडक पार गर्ने क्रममा गाडी दर्ुघटनामा परेको जनाए । ३७ वषर्ीय भण्डारी ०६२ चैतमा कतार गएका थिए । उनले त्यहा“ कार्पेन्टर काम गर्दै आएको आफन्तले बताए । शव स्थानीय अमाद अस्पतालमा राखिएको छ । डोलबहादुर आउ“दो चैतमा र्फकने तयारी गर्दै थिए ।
Posted on: 2008-10-23 21:06:50
अपहरित कामदार अझै अज्ञात
अपहरित कामदार अझै अज्ञात
कास ताप्लेजुङ, कार्तिक ७ -
इराकमा महिनाअघि अपहरित नेपाली कामदारको अवस्थाबारे परिवारले अझै स्थिति थाहा पाएका छैनन् । रोजगारीका लागि ९ महिनाअघि इराक पुगेका चन्द्रप्रसाद डा“गी कम्पनीबाट डेरा र्फक“दा गर्दा अपहरणमा परेका थिए । अपहरणकारीले डा“गीका भाइस“गको टेलिफोन वार्तामा १० हजार युरो फिरौती माग गरेका थिए । रिहाइका लागि फिरौती मागिएको छ ।
Posted on: 2008-10-23 21:10:49
October 23, 2008
कतारबाट २ सय १९ नेपाली फर्कने
कतारबाट २ सय १९ नेपाली फर्कने
कुमार कार्की कतार, २३ अक्टोबर ।
कतारको दोहास्थित एक स्थानीय निर्माण कम्पनीमा कार्यरत २१९ जना नेपाली कम्पनी प्रशासनको उदासिनताबाट लामो समयसम्म पीडित भएपछि अब घर र्फकन पाउने सङ्केत देखिएको छ । नेपाली दूतावासले दिएको जानकारीअनुसार ती कामदारको बक्यौता तलब र घर र्फकनका लागि हवाई टिकट प्रदान गर्न सम्बन्धित निकायले सो कम्पनीलाई आदेश दिइसकेको छ ।ती नेपाली कामदारको भविष्यप्रति कम्पनीले कुनै पनि चासो नदेखाएपछि नेपाली दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा लगिएको थियो । सो कम्पनीमा कार्यरत चार जना बङ्गालीबाहेक अरू सबै नेपाली रहेका र उनीहरू सबैजना घर र्फकन चाहेको पीडितहरूले बताएका छन् । यसअघि त्यहाँका १० जना नेपाली कामदार स्वदेश फर्किसकेका छन् । सो कम्पनीले आवास अनुमति र गत तीन महिनादेखि काम नदिलाएपछि सबैजना र्फकन चाहेको र दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा पठाइएको राजदूत डा. सूर्यनाथ मिश्रले बताए । "उनीहरूका पक्षमा निर्णय भएको छ" डा. मिश्रले भने- "आशा गरौं उनीहरूले आफ्नो पाउनुपर्ने रकम र सुविधा लिएर छिट्टै र्फकन पाउनेछन् ।" उनीहरूलाई घर जानमा रहेको कानुनी कठिनाइको समस्या पनि समाधान हुने विश्वास राजदूत डा. मिश्रले व्यक्त गरे । Sabhar : Euro Nepal
October 21, 2008
नेवा:जागरणमंच जापानद्वारा रिहाइको माग
नेवा:जागरणमंच जापानद्वारा मंगलबार प्रकाशित प्रेश बिज्ञप्तिमा सिराहाबाट अपहरित दिपक श्रेष्ठ र हरेराम श्रेष्ठ लाइ बिना सरत अबिलम्ब रिहाइको माग गरिएको छ / अपहरित श्रेष्ठद्वयसंग अपहरणकारिले लाखौंको फिरौति माग्ने जस्ता आत्यन्त अमानबिय र असमाजिक अपराध दोहोरयाएकोमा घेार बिरोध गरदै बिगयप्तिमा नेपाल सरकार र सम्पुरण मानब अधिकारबादि संघ संस्था लगायत सबैसंग अपहरित दुबै जनाको रिहाइको लागि गम्भिर कदम उथाइ आबश्यक कारबाही गरन हारदिक आपिल गरिएको छ/
October 18, 2008
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको आयोजनामा म्हपुजा कार्यक्रम हुने
जापानमा म्हपुजा कार्यक्रम हुने
नेपाल जापान डट् कम् सम्वाददाता टोक्यो
अक्टोबर, १७ नेपाल सम्वत११२९ तथा तिहारको उपलक्ष्यमा नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले यहि आउँदो नोभेम्वर २ता JICA Global Plaza, हिरो, टोक्योमा नेवा परम्परा अनुसार “म्ह:पूजा” गरि मनाउने भएको छ । संस्थाका महासचिव दिनेश मानन्धरद्वारा विज्ञप्तिमा उक्त कार्यक्रममा सहभागि भई नेपाल सम्वत् तथा तिहार (स्वन्ति) भव्यरूपमा मनाउन सबैलाई हार्दिक अनुरोध गरिएको छ । थप जानकारिको लागि 03-3311-6475 nifj@hotmail.co.jp http://www.newajapan.org/
मा संम्परक गरन ानुरोध गरिेको छ /
