Newah Jagaran Manch Japan

November 18, 2008

जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत

Filed under: Home

 जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत 

 जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत नोवेम्बर १४ देखी १६ सम्म ३ दिन तोःक्योः शहरमा आयोजना भएको २४औँ विश्व बौद्व भातृत्व सम्मेलनमा भागलिन जपान पाल्नु भएका ७ जवान नेपाली बौद्ध प्रतिनिधि मण्डलको सम्मानमा नेवा:जागरणमंच जपान र गैर-आवासिय संगठन जपानको संयुक्त आयोजनामा स्वागत समारोह सम्पन्न भएको छ।

नेपालका प्रथम बौद्ध महासंघ, धर्मोदय सभाका उपाध्यक्ष एवं नेपालका प्रसिद्व उध्योगपतिद्वय, पुर्व सांसद लक्ष्मी दास मानन्धर र वर्तमान संविधान सभा सदस्य माननिय पद्म ज्योति र सदस्यहरुको बौद्ध प्रतिनिधि टोलिको सम्मानमा आयोजित उक्त स्वागत समारोह, नाकामेगुरो स्थित नेपाली रेष्टुरेन्ट तिहार दाइनिङको सभाहलमा हिजो साँझ सम्पन्न भयो। बौद्ध प्रतिनिधि मण्डलको स्वागत लसकुस गर्न सकेकोमा आफु र नेवाः जागरण मञ्च जपानका साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै, मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले, जपानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो। तत्कालका लागि मञ्चको सहयोग बाट काठमान्डुमा हाउस् वायरिङ तालिमको शुरु भईसकेको कुराको जानकारी पनि दिनुभयो। साथै, आगामी, डिसेम्बर ७ तारिकमा, दिउँसो १२ बजे देखि यसै नाकामेगुरोको तिहार दाईनिङ रेस्टुराँको सभाहलमा, नेपाल सरकारले नेपाल संबतलाई पुनः राष्ट्रिय संबतको घोषणा गरेको उपलक्षमा नेपाल राज्यदूत महामहिम डा. गणेश योन्जन तामाङको प्रमुख आतिथ्यमा अन्तर्कृया कार्यक्रमका साथै कोशी बाढी पीडितका लागि संकलन गरेको रकम राज्यदुतज्युलाई हस्तान्तरण गर्ने कार्यक्रम हुने जानकारि दिनु भयो र जपानवासी सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिज्युहरुलाई उपस्थित हुन हार्दिक् अनुरोध गर्नु भयो।

स्वागत मन्तव्यको क्रममा, गैर-आवासिय संगठन जपानका अध्यक्ष भवन भट्टले, बौद्ध टोलिको स्वागत गर्नु हुँदै नयाँ नेपालमा जति NRN हरुको भूमिका हुन्छ त्येतिकै देशमा बस्ने यहाँहरु जस्तो प्रतिष्ठित बुद्विजिवीहरुको सहकार्यको पनि उत्तिकै ठुलो भूमिका हुन्छ। हामीले NRN मार्फत उठाएको द्वैद्व नागरिकताका प्रस्ताब र NBA मार्फत उठाएको द्वैद्व कर प्रणालीलाई सरकार समक्ष अवगत गराउन पनि अनुरोध गर्दै सम्पूर्ण जपानवासी नेपालीहरु एउटै मुल धारमा आउन पनि अनुरोध गर्नु भयो।

अतिथि आसन बाट बोल्नुहुँदै, धर्मोदय सभाका उपाध्यक्ष एवं संविधान सभा सदस्य माननिय पद्म ज्योतिले, विश्व बौद्ध भातृत्व संघमा नेपालको लु्म्बिनिको विकास एवं विश्व शान्तिको बारे नेपालको प्रतिनिधिको हैसियतले आफुले कतिपय प्रस्ताव राखेको र सो प्रस्ताव विश्व बौद्ध भातृत्व संघमा अनुमोदन भएको कुराको जानकारि दिनु भयो। आफु राजनीतिज्ञ नभएतापनी कसरि माओवादिको तर्फ बाट संविधान सभा सदस्य बन्न पुगेको कुरामा प्रकाश पार्दै, क्रान्तिकारिहरु द्वारा आफ्नै कारखानाको बिस्फोटन बाट करोडौ पैसाको नास भएपनि, नयाँ बन्ने संविधानलाइ सक्दो सहयोग गर्ने इच्छाले नेपाल सरकारको मन्त्रि परिषदले गरेको नियुक्ति स्वीकार गरेको जानकारि दिनुभयो।

यसै क्रममा अतिथि आसन बाट आफ्नो मन्तव्य दिनुहुने, धर्मोदय सभाका उपाध्यक्ष एवं पूर्व सांसद लक्ष्मी दास मानन्धरले, विश्व बौद्ध भातृत्व सम्मेलने विश्व शान्तिको लागी नेपालको योगदानलाई सराहना गरेको जानकारि दिनु भयो। यसपाली तोःक्योःमा आयोजित २४औँ विश्व बौद्ध भातृत्व महा अधिवेशनले नेपाललाइ उपाध्यक्ष पदवि बाट सम्मान गरेको र उक्त सम्मान पदवी माननिय पद्मज्योतिले पाउनु भएको खुसीको खबर सुनाउनु भयो। नयाँ नेपालको उपलब्धिमा प्रकाश पार्नु भई, पहिले जपान सरकारले दिईएका करोडौँ येनको लापरवाहि हुने जस्तो काम अहिले नभएको र धर्म, जाति र भाषा प्रतिको अवहेलना कम हुदै नेपालमा ठूलो परिवर्तनको सुरु भईसकेको जानकारि दिनु भयो।

नेपाली बौद्ध प्रतिनिधि मण्डलको स्वागत कार्यक्रममा, मञ्चका प्रमुख सल्लाहकार, बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले धन्यवाद ज्ञापन गर्नु हुँदै, विश्व शान्तिका प्रतीक बुद्धको जन्मभूमि नेपालवासी सबै नेपाली भएता पनी समानता र समावेशीका शब्दको अर्थको ज्ञानको अभाव बाट बहुसंख्याका नेपालीहरु पीडित रहनु परेको कारणहरुमा प्रकाश पार्दै, अब बन्ने नयाँ संविधान बाट सबै नेपाली जातिको समानता र समावेशीकरण हुने गरी नयाँ संविधान बनाउन सकेमा नेपाली सबैको अपेक्षा लाई सफल पारी शान्तिको पुनर्बहालि हुन सक्ने र उपस्थित अतिथिद्वय सांसदहरु बाट ठूलो योगदान गर्न सक्ने विश्वाश प्रकट गर्नु भयो।

नेवाः जागरण मञ्च जपान र एन आर एन जपानको संयुक्त आयोजनामा भएको कार्यक्रममा, तमुधी जपानका अध्यक्ष दिनेश गुरुङ, नेवाः अन्तर्राष्ट्रीय फोरम जपानका महासचिव डा दिनेश मानन्धर, आदीवासी नेपाली संघ बाट ओम गुरुङ सहित संघसंस्थाका सदस्यहरुको उल्लेखित सहभागिता भएको उक्त कार्यक्रमको दोश्रो चरनमा मञ्चका उपाध्यक्ष कृष्ण बदन जोशी द्वारा टोस्ट् गरी नेपाली स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो भने, कार्यक्रमको संचालन मञ्चका कार्यसमिति सदस्य सबिता कक्षपती कपालीद्वारा सफलतापुर्बक संचालन गरिएको थियो।


November 10, 2008

नेवा: जागरणमन्च जापान द्वारा न्हुँदँ ११२९ र कोशी बाढीपिदीत सहयोग कार्यक्रम भब्यताकासाथ सप्पन्न /

Filed under: Home

नेवा: जागरणमन्च जापान द्वारा न्हुँदँ ११२९ र कोशी बाढीपिदीत सहयोग कार्यक्रम भब्यताकासाथ सप्पन्न /

 नेवा: जागरणमन्च जापानको आयोजनामा नेपाल संबत ११२९ को न्हुँदँ र कोशी बाढीपिडित सहयोगार्थ नोवेम्बर ९ तारेखा का दिन आकाशाका मन्डलाको सभाहलमा बिभिन्न सान्स्कृतिक कार्यक्रमका साथ भब्य रुपमा सम्प्पन्न भएको छ / नेपाल संबत ११२९ को न्हुँदँया भिन्तुना र नेपाल सरकारले नेपाल सन्बतलाई राष्ट्रिय संबत्को घोषणा गरेकोमा त्यसको स्वागत को साथै नेपाल संबत् को नयाँ वर्श को उपलछ्यमा शुभकामना सन्देश दिँदै मन्च का अध्यक्ष सुनिल कुमार शाक्यले कार्यक्रम आरम्भ गर्नु भएको थियो / उक्त कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य दिनु हुने शाक्यले ,नेपाल संबत् नेवा: समुदाय को मात्र नभै सबै नेपालीको मौलिक संबत् भएकोले त्यसलाई चांदो कार्यन्वोयन गर्न जोड दिनुभयो / त्यस्तै मन्चको आयोजनामा हुने भेटघात एवँम मनोरन्जनात्मक कार्यक्रमद्वारा जापानबासी नेपालीहरुको एक आपसको मैत्री भाबमा घनिस्तता बढाउने र् कार्यक्रम द्वारा उठने रकम नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने उद्देस्य रहेको कुरा उहाँले बताउनुभयो / उक्त दिनको सो कार्यक्रममा कोशी बाढिपिदित्हरुलाई सहयोग गर्नुहुने नेवा: जागरणमन्च जापानका सम्पूर्ण सदस्यहरु र् यस् कार्यक्रममा उप्स्थित भै आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण दाजु भाई दिदी बहिनिहरुलाई हार्दिक क्रीतग्यता ग्यापन गर्नु भयो / न्हुँदँ शुभकामनाको आदान प्रदानको क्रममा जनक राज शाक्यले आफुद्वारा रचित गीत "हुरी चल्दा मन भित्र " गाएर सबैलाई मनमोहक तुल्याएको थियो भने जापानी कलाकारहरु युको ओकामोतो मल्ल र् नाकाजिमा कुमिको ले नेवा: र् नेपाली गीतको बोलमा बिभिन्न न्रिट्येहरु प्रस्तुत गर्नुभएको थियो / उक्त कार्यक्रममा सितारबादक सुस्मा ओमाताले आफ्नो मन्तब्य दिने क्रममा हाउसु वायरिन्ङ तालिम बेरोजगार युवाहरुलाई दिन सकेमा राष्ट्रको लागि ठुलो तेवा पुग्ने कुरा बताउनु भयो / त्यस्तै एन आर एन जापानका अध्यछ्य भबन भत्तले नेपाल सम्बट् ११२९ न्हुँ दँ को बधाई र नेपाल सरकारले नेपाल सम्बट् लाई राष्ट्रिय सन्बतको मान्यता दिएकोमा स्वागत गर्नु भयो / बिदेशमा बसेर पनि बढीपीडितहरुको सहयोगार्थ र नेपालमा रोजगारमुलक तालिमको कार्यको सुरुवात अत्येन्त सर्हानिय कार्य हो भन्दै कुनै काम सानो हुँदैन त्यसको उद्देस्य महान हुनुपर्छ ,त्यस्तै कामहरु सबै नेपालीहरुले गरेको खण्दमा राष्ट्रको उन्नती हुनेछ भन्ने कुरा उहाँले बताउनु भयो / मन्तब्य दिने क्रममा नेवा: जागरणमन्च जापानका उपाध्यछ्य कृष्ण बदन जोशीले न्हुदँया भिन्तुनाका साथै हामीले सानो भएपनी केही मात्रामा नेपाल र नेपालीहरुको सहयोग गर्न पाएकोमा धेरै खुशी लागेको कुरा बताउनु भयो भने सदस्य सबिता कपालीले न्हुदँया भिन्तुना र नेपाल सरकारले राष्ट्रिय सन्बतको मान्यता र बाढिपिदित्हरुकोलागि गरेको यो कार्यक्रम धेरै राम्रो भएको कुरा बताउनु भयो / सचिब जनक राज शाक्यले न्हुदँया भिन्तुना दिँदै यस्तै निस्वार्थ भाबना लिएर एक अर्काको सधैं सहयोग गर्न सकोस भनी आफ्नो मन्तब्य राख्नु भयो पूर्णजीले न्हुदँया भिन्तुना दिँदै आजको यस् कार्यक्रम बाट धेरै प्रभाभित भएको कुराको व्याख्या गर्नुभयो/ नरेन्द्र कुमार शाक्य ,उपेश श्रेष्ठ ,राजेशले न्हुँदँया भिन्तुना भन्दै आ आफ्नो मन्तब्य राख्नु भएको थियो / साथमा नेवा:खानाको परीकार सहित न्रित्य कार्यक्रमले नेपाल संबत् ११२९ को रौनक अझ बढाई दिएको थियो /

 

 

 

 

 

  

November 8, 2008

नेपाल संवत्को खुसीमा चियापान

Filed under: Home

नेपाल संवत्को खुसीमा चियापान

नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको खुसियालीमा शुक्रबार नेवारी चलचित्रकर्मीको साझा संगठन नेवाः जागरण संकिपा कःमी मञ्चले चियापान समारोहको आयोजना गर्यो। सो चियापानमा मञ्चका संयोजक विजयरत्न तुलाधर असंवरे’ द्वारा नेपालभाषाको चलचित्र प्रवर्द्धनका लागि नेवाः संकिपा सिरपाः (पुरस्कार) प्रत्येक वर्षदिइने घोषणा गरिएको छ। सोही सभामा सुरेन्द्र तुलाधरद्वारा निर्देशित जिपि बदमास मखु चलचित्रको शुभमुहर्ूत गरिएको थियो। नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्यले शुभकामना व्यक्त गरेको न्हूदँ शुभकामना आदान-प्रदान कार्यक्रममा राजमति चलचित्रका नायक मणिराज लवट र नायिका हिसिला महर्जन, नायिका भिन्तुना जोशी, नायक राजु महर्जन, चलचित्र सम्पादक माणिकरत्न तुलाधर, गणेश सायमीलगायतले मन्तव्य व्यक्त गरेका थिए। नेपालभाषाको पहिलो चलचित्र शिलु र उत्कृष्ट चलचित्र राजमति ठूलो पर्दाका बाहेक हालसम्म भिडियो र डिजिटल सिस्टमका ४० वटा चलचित्र निर्माण भइसकेका छन्।

November 7, 2008

बहराइनमा दुई नेपालीको मृत्यु

Filed under: Home

नेपालब्रिटेन डट् कम् संवाददाता

बहराइनमा दुई नेपालीको मृत्यु भएको छ। सन्तोष घिमिरेको सडक दुर्घटना र डिकेन्द्र सुब्बाको सुतेकै ठाउँमा निधन भएको थियो। एक्सट्रीम फोर्स सेक्यूरीटी एण्ड क्लिनिङ कम्पनीमा सेक्यूरीटीमा काम गर्ने विराटपोखरी विर्तामोड, झापाका सन्तोष घिमिरे गत ६ ओक्टुबरमा बाटो क्रस गर्दा एउटा कारमा ठोक्किएर दुर्घटनामा परेका थिए। उनलाई सलमानिया अस्पतालको आईसीयुमा राखिएको थियो। उपचारकै क्रममा उनको २९ ओक्टुबरमा मृत्यु भएको थियो। त्यस्तै जलजला–३, संखुवासभाका डिकेन्द्र सुब्बा योङजोङ कम्पनीमा काम गर्दै आएका थिए। गत २५ ओक्टुबरमा उनका सहकर्मी र भतिजासँग बसेर बेलुकाको खाना खाई सुतेका थिए। सुब्बाको पनि सुतेकै ठाउँमा निधन भयो। उनी ६ बर्षदेखि बहराइनमा काम गरिरहेका थिए। नेपलाको राजनैतिक खिचातानीले गर्दा नेपालको राजनैतिक, आर्थिक, सामाजिक अबस्था झन झन बिग्रदो अबस्थाले नेपालमा राम्रो रोजगार नपाएका कारण रोजगारका लागि बिदेशीनुपर्ने बाध्यता दिनहुँ दिन बढदो छ। यसै क्रममा नेपालीहरु बिदेशमा आएर बिभिन्न कारणले मृत्तु हुने संख्यापनि बढदो छ र मृत्तु भईसकेपछि मुतकले पाउनुपर्ने इन्सुरेन्स आदि सुविधाहरु प्नि सबैले सहज रुपमा पाइरहेका छैनन्। बहरान पनि नेपालीहरुको लागि राम्रो रोजगारीको गन्तब्य बनेको छ र यहाँ नेपाली कामदारहरुको माग पनि बढ्दो छ। गत अक्टोवरमा मात्र दुइनेपालीको बहराइनमा मृत्यु भएको समाचारले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको छ। ५/६ अगाडि नेपालको एपोलो मेनपावर, ज्ञानेश्वर, काठमाडौ बाट बहराइको एक्सट्रीम फोर्स सेक्यूरीटी एण्ड क्लीनीङ कम्पनीमा सेक्यूरीटीमा काम गर्न आएका विराटपोखरी ( विर्तामोड, झापाका सन्तोष घिमीरे गत ६ ओक्टुबर २००८ का दिन बाटो क्रस गर्ने क्रममा उनि अचानक एउटा कारमा ठोक्कीएर दुर्घटनामा परे। सोहीदिन देखी उनि बहराइनको सलमानिया अस्पतालको आई.सी.यु वार्डमा भर्ना भए र २९ ओक्टुबर २००८ का दिन उपचारको क्रममा उनको मृत्तु भएको जानकारीमा आएको छ। त्यस्तै जलजला वार्ड नं ३, संखुवासभाका डिकेन्द्र सुब्बा ६ बर्ष देखि बहराइनको योङजोङ कम्पनीमा काम गर्दै आएका थिए। गत २५ ओक्टुबर २००८ का दिन उनका सहकर्मी र उनका भतिजा सबै संग बसेर बेलुकाको खाना संगै खाई सुतेका थिए र बिहान सबै साथीहरु काममा गए तर डिकेन्द्र किन उठदैनन् भनि उनलाई उठाउन जाँदा त उनको सुतेकै अवस्थामा राती मुत्तु भइसकेको उनका साथीहरुले पाए। मृतक नेपालको मेन पावर मार्फत नभई उनको साथीहरुले भीसा दिएकाले नेपालमा उनले इन्सुरेन्स नपाउने कुरा उनका भतिजा बताउँछन् भने बहराइमा पनि मृतकले इन्सुरेन्स नपाएको कुरा उनका भतिजा बताउछन। उनको कम्पनीले ३८० डीनार दिएको र मृतकको ओक्टोवर महिनाको तलब ११७ डीनार, कम्पनीले उनको तलब कटैती गरी राखीदिएको ३०९ डीनार र बेसीक तलब गरी जम्मा ९५६ डीनार ५०० फील्स (नेपाली रुपैया दुइ लाख) जती पाएको उनका भतिजा बताउछन। उनको मृत शरीर २ नोभेम्बर २००८ का दिन नेपाल लाने जानकारीमा आएको छ।

November 6, 2008

राजनीतिक भूगोलको सन्दर्भमा नेपाल संबत् र विक्रम संबत्

Filed under: Home

राजनीतिक भूगोलको सन्दर्भमा नेपाल संबत् र विक्रम संबत्
-डा- कविताराम श्रेष्ठ
नेपाल संबत् एउटा यस्तो संबत् हो जो नेपालको भूगोलमै सृजित भयो र कुनै एक व्यक्तिको नामबाट होइन कि राष्ट्रकै नामबाट निरन्तरित भइआएको छ । भनिन्छ शंखधर भन्ने सामान्य व्यक्तिले देशभरीका रिणहरु मोचन गरी यो संबत् चालए । नेपाल खाल्डोभित्र यसले लामो समयसम्म राजकीय संबतको रुपमा राज गर् यो । नेपाल संबत् शूरु भएपछि विक्रम संबत् र शक संबत् को उल्लेख सोह्रौँ शाताब्दीका शीलालेखहरुमा जयार्जुन र जयस्थितिमल्लले जम्मा तीनपल्ट गरेका पाइएका छन् (मेडिएभल नेपाल पृ।. ७४) । यसको निरन्तरता पृथ्वीनारायण शाहको एकीकरण पश्चात टुट्यो । उनका टकमा शक संबत्को प्रयोगबाट टुट्न गयो । शक संबत् चल्दै गएपछि हालका प्रचलित विक्रम संबत्ले धेरै पछि श्री ५ त्रिभूवनको पालामा चन्द्र शमसेरको चाहनाबाट राजकीय स्थान पाएको हो ।

विक्रम संबत् वा शक संबत् आयातित संबत् मानिने हुँदा माटोप्रेमीहरु नेपाल संबत्लाई नै नेपाली गर्वको संबत् मान्दछन् । भनिन्छ यसलाई संयुक्त राष्ट्र संघमा नेपाली राजकीय संबत्को रुपमा समेत दर्ज गराइएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि त यसका संस्थापक शंखधरलाई विभूति मानेर राजकीय सम्मान दिइएको हुँदा भन्नैपर्छ यो संबत्ले राजकीय संबत्को रुप नपाए पनि राजकीय सम्मान भने पाएकै हो । आयातित मानिएको विक्रम संबत्ले राजकीय स्थान पाउँदा धेरै राष्ट्रवादी चिन्तकहरु नेपाल संबत्लाई नै यस स्थानमा विरामान गराउनपर्छ भन्ने विचार राख्दछन् । मेरो सोच भने नेपाल संबत्लाई प्रतिस्थापन गर्ने हुँदाहुँदै पनि विक्रम संबत् आयातित भएपनि विदेशी भने भनिहाल्न नहुने रहिआएको छ । यसै सन्दर्भमा त्यसको विवेचना तल गरिहालुँ ।

विक्रमादित्य हालको भारतीय भूमीमा पर्ने मालवीका राजा भएकाले उनीद्वारा स्थापित यस संबत्लाई विदेशी भनिने गरिएको हो । तथापि विक्रमादित्य भारतीय होइनन् नेपाली नै हुन् भन्ने धारणाहरु पनि नेपाल रहीआएको संकेत वंशावलीका शोधकर्ता लेखक वासुपासाजी आफ्नो ‘काभ्रेसिन्धु व्रिन्तान्त’ भन्ने पुस्तकको ‘विक्रम सम्बत’ भन्ने लेखमा दिनुहुन्छ । लोकथाको आधारमा उहाँ भन्नुहुन्छ- ‘पनौतिमा एउटा युवा ऋषीको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतिबाट विक्रमादित्यको जन्म हुन्छ र उनै विक्रमादित्य पछि काठमाडौँका राजा बन्दछन् । उन्ले पछि राजपाठ छोडी वैशालीतर्फ गएर धेरै उल्लेखनीय काम गर्दछन् । आज देखिने भारतीय भूमिमा उनले ख्याति बढाएकैले उनलाई भारतीय बनाउने खेलहरु रचिए ।’ अर्थात उनी नेपाली हुन् र उनले चलाएका संबत् त्यसैले नेपाली नै हो- बासुपासाको भनाइ यस्तो छ ।

नेपालको इतिहास हेर्दा विक्रम संबत् स्थापना भएको समय इ.सं. ५७ सालतिरका राजवंशको प्रमाणिक खाका पाइन्न । साथै विक्रमादित्य नेपालको भूमिमा जन्मेका र उनी राजा बनेका प्रमाण पनि कतै मिल्दैन । बरु एधारौँ शताब्दीका कर्नाटकका चालुक्यवंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ई.सं. १०९७ मा राजा वामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिती यता बसाल्न खेजेका प्रमाणहरु भने पाइन्छन् । यही तथ्यसँग यो लोककथा गोलमटोल भएको मलाई लागेको छ ।

विक्रमादित्य आजको नेपालले ओगटेको भूमीकै वासिन्दा थिए भने गर्व गर्ने कुरा निश्चय नै हुन्छ । जनक र वुद्ध नेपालका भूमीमा जन्मेका थिए भन्दा हाम्रो नाक ठूलै हुन्छ । तर कुनै विभूति आफ्ना देशका थिएनन् भन्दापनि दुःख मान्ने कुरा पनि होइन नै । महावीर जैन वा राम वा कृष्ण हाम्रा भूमिका परेनन् भन्दा हामीमा उनीहरुप्रति हुने आस्था घटदैनन् नै । हामी २०६५ वर्ष अघिका विक्रमादित्यका कुरा गर्दैछौँ जुनवेला भारत वा नेपाल भन्ने देश बनेकै थिएनन् । यसबीच हज्जारौँ सानासाना देश तथा जनपदमा बाँडिएका हाम्रा यी भूमी कहिले कता कहिले कता परे । परापूर्वकालका साँस्कृतिक धरोहरहरुलाई आजको राष्ट्रियताको आधारमा तेरोमेरो भनी बण्डा गर्नु निश्चय नै मिल्दो कुरो छैन । आजका भारत, पाकिस्तान, वङ्गलादेश, भूटान, श्रीलङ्का र नेपालका भूभागमा निर्मित सँस्कृति यीनै विस्तिृत भूभागमा बस्ने हामी समस्त जातीजनजातीले साझारुपमा विकसित गरेका हौँ । त्यसमा तेरोमेरो छुटाउन सकिन्न । मेरो भनाइ यही हो ।

प्रस्तुत पनौतिका लोककथाको प्रशंग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले नेपालमा आक्रमण गरेर विजय गरी उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तिहरु यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ । सानासाना राज्यहरु संचालन गर्ने यताका जनताका लागि हज्जारौँ माइल टाढादेखि सैँयू राज्यहरु एकिकिृत गर्दै नेपालसम्म आउँने राजाको व्यक्तित्व सामान्य हुने कुरै थिएन । अझ यी राजा यस्ता राजा थिए जसले विधिवेत्ता विज्ञानेश्वरलाई हिन्दु कानून सङ्ग्रह रचना गर्न लगाई हिन्दु समाजमा थितिसमेत बसाउन महत्वपूर्ण भूमिका निभाएका थिए । यी राजाका शासनकाललाई हिन्दु कानुनको इतिहासमा युगान्तकारी मानिएको छ (रमेशचन्द्र मजुम्दार प्राचीन भारत प्रथम भाग पृ. १६१ )। यी राजाको थिति यता बस्न आउँदा स्थानीय जनमानसले मुग्धकण्ठसाथ आदर्श नायक बनाएर कथा रचॆ नै । साथै कालान्तरमा यतैका जन्मजात राजासमेत बनाइदिए कथामा ।

विक्रमादित्यहरुका हज्जारौँ हज्जार वीरगाथा आजका भारत, पाकिस्तान, वङ्गलादेश र नेपालका भूभागमा युगौँदेखि प्रचलित छन् । यीनबाट स्पष्ट हुन्छ इतरसंस्कृतिका विदेशी आक्रमण र उनीहरुका स्थापनाका विरुद्ध ससाना राज्यहरुलाई सङ्गठित गर्दै लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरुलाई विक्रमादित्य मानिन्थ्यो । इतिहासले त त्यस्तै अभिष्टमा ज्यान दिने राजाहरु स्वयंले आँफूलाई गर्वसाथ ‘विक्रमादित्य’ घोषणा गरेका प्रसङ्गहरु दिन्छन् ।

ई.पू. ३२७ सालमा यवन राजा सिकन्दरको भारतीय उपमहाद्विपतिर आक्रमण हुनुपूर्व यस् उपमहाद्विपीय खण्ड सैयूँ सासाना जनपदहरुमा विभाजित थियो । सानासाना जनपदलाई जितेर एकिकृत गर्दै ठूला महाजनपद बनाउन र अश्वमेध यज्ञ गरी चक्रवर्ती राजा बन्न त्यसकालका राजाहरु आँफाआँफैमा लडिरहन्थे । त्यसैले विभाजित रही कमजोर रहेका यी जनपदहरु सिकन्दरको हातमा थोरै समयमै सजिलै हात पर्न गयो । तर व्रम्हपुत्रदेखि विन्ध्याचलसम्मका महाजनपदलाई एकिकृत गरी बनेका मगध साम्राज्यलाई भने उनले छुन सकेनन् । पछि इ.पू. २०० सालतिर आइपुग्दा यो साम्राज्य पनि कमजोर हुन पुग्यो र यवनहरु हज्जारौँ माइल जित्दै पाटलीपुत्रमै विजयपताका गाड्न आइपुगे । यसैवखत मध्येएशियाका शक सिथियनहरुले मथुरा, गान्धार, उज्जैन, सिन्ध, दक्षिणापथ जित्दै उत्तरपश्चिमका धेरै भागहरु आफ्नो अधिनमा पारे भने पार्थियन पल्हवहरु पसेर पश्चिम गान्धार विजय गरी वेग्लै राज्य स्थापना गर्नपुगे । त्यस्तै कुजुल कुशाणले हिन्दुकुश पार गरेर यता स्थापित भए । आफाआफैमा लडिरहने हिन्दू सँस्कृतिका अनुयायी जानपदहरुमा हाहाकार भयो । उनीहरुका भूमीमा विदेशीहरुको तँछाड मछाड चलिरह्यो । कालान्तरमा यहाँसम्म भयो कि विदेशी विम र कनिष्क (७८-१०० इ.पू.) ले आजका प्रायः सबै उत्तरी भारतबाट यवनहरुलाई निकालेर रजाइँ गर्दासम्म पनि हिन्दु जनपदका जनता मूक दर्शक भएर दास सरह रहिरहे ।

इ.पू. तेस्रो शताव्दीमा आएर मात्र दक्षिणी राज्यहरुमा हिन्दु राष्ट्रबादी भावनाको जागरण भयो र कलिङ्गराज खारवेलले इ.पू. २१० सालमा उत्तरापथबाट र वसुमित्रले सिन्धुक्षेत्रबाट शकहरुलाई खेदे । बसुमित्रले त पातंजलीको पुरोहित्याइँमा गर्वसाथ अश्वमेध यज्ञ नै गरे । मालवीका राजा सातकर्णी (इ.पू. १००- इ.पू.४४) ले अझ ठूलो पराक्रम गरे । उनले पश्चिमी देक्कनका शक्तिशाली सरदारहरुलाई सङ्गठित गरेर शकहरुको नगरमै पसेर उनीहरुलाई खेदे र अश्वमेध यज्ञ गर्दै दक्षिणापथ सौराष्ट्र र गुजरातबाट समेत शकहरुलाई निकाले ।जसको गर्वमा उनले आँफूलाई ‘सकयवनपल्हवनिसूदनस’ शक यवन पल्हव का नाशक र ‘विक्रमादित्य’को उपाधीले विभूषित गरे ।

यसरी इतिहासमा प्रथम पटक विक्रमादित्यको उपाधी धारण गर्ने यीनै सातबाहन बंशका गौतमीपुत्र सातकर्णीले आफ्नो राज्य उत्तरमा मालवादेखि दक्षिणमा कर्णटकसम्म विस्तारित गरेर अफ्नो गणको प्रतिष्ठालाई स्थापना गर्न इ.पू. ५७ सालमा नयाँ संबत् शुरु गरे । जसलाई पछि विक्रमादित्यको नाममा ‘विक्रम सम्बत’ भनियो । कुनैकुनै विद्वानको भनाइ छ सिन्धुको तराइ क्षेत्र पहिलो शताब्दीमा पल्हवको हातमा गयो र उनैका शासक अज्रेश प्रथमले इ.पू. ५८ सालमा एउटा संबत् चलाएका थिए त्यसैलाई सातकर्णीले इ.पू. ५७ सालमा निरन्तरित गराए र पछि उनैको नामबाट यो विक्रम संबत् भनियो (प्राचीन भारत प्रथम भाग पृ. १००) ।

विक्रमादित्यको उपाधी पछि गएर पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितियले एउटा कामपिपासु अत्याचारी विदेशी सकशासकलाई स्त्रीभेषमा मारेपछि धारण गरेका थिए । आठौँ शताब्दीको पूर्वाद्र्धमा पुलकिशनको द्वितीय पुत्रले विदेशी पल्लवी राजालाई खेदी चालुक्य राज्यलाई पुनर्जीवित गरेर आँफूलाई विक्रमादित्य प्रथमको नामले विभूषित गरेका थिए । त्यसपछि उनैका नातिले पनि पल्हवहरुलाई हराएकै कारणले विक्रमादित्य द्वितीयको उपाधी लिए । यसरी विदेशी खेद्नॆ राजाहरुले गर्वसाथ यो उपाधी ग्रहण गर्ने परम्परा चलाएका स्पष्ट हुन्छ ।

एघारौँ शताब्दीको शुरुवातदेखि भारतमा फेरि विदेशीहरुको चलखेल शुरु हुन लाग्यो । यसवेलातिर यमन र तुर्कीका इस्लामहरुले उत्तरपश्चिमका सबैजसो क्षेत्र हत्याएर लुटपाट दमन र धार्मिक अत्याचार गर्न लागे । प्राचीन साम्राज्य छिन्नभिन्न भएको यो स्थितिमा बचेखुचेका हिन्दुसमाजका सामन्तहरुमध्येका चेदि कालाचुरीका गाङ्गेय मालवाका सिन्धुराज अनि कर्नाटकका त्रिभुवनमल्लले विदेशी खेद्ने वेँडा उठाए र विदेशीहरु धपाउँदै अफूलाई आफ्ना युगका ‘विक्रमादित्य’ वा ‘नवसाहसाङ्क’का उपाधीले सगर्व विभूषित गरे । यसरी चालुक्य बंशका आहवमल्लको दोस्रो छोरा त्रिभूवनमल्ल विक्रमादित्य षष्ठनै नेपालको इतिहासमा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक संबत् मासेर नयाँ संबत् स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत प्रथम भाग पृ १६१ ।)

उपरोक्त लोकोक्तिले दिएको विक्रमादित्यद्वारा संबत् स्थापनाको प्रशङ्ग यो प्रशङ्गसँग मिल्न आउँछ । तर पूर्ववत् विक्रम संबत्को निरन्तरता यो थियो भन्नभने मिल्दैन किनभने यी विक्रमादित्य त ११५४ वर्ष पछिका विक्रमादित्य षष्ठ हुन् । यस्तो लाग्छ विक्रमादित्यको आदर्श बोक्ने यी विक्रमादित्य षष्ठले आदिविक्रमादित्यद्वारा इ.पू. ५७ सालमा स्थापित विक्रम संबत्लाई आफ्ना नवनिर्मित राज्यमा निरन्तरित गरेका थिए ।

उ वेला ससाना हज्जारौँ राज्यहरुमा विभाजित हिन्दु राष्ट्रहरुका जनताले हिन्दु राष्ट्रवादका प्रतीक विक्रमादित्यलाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरुले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । भूमि त कहिले यताका बने कहिले उताका तर व्यक्तिविशेषको लागि देश सँधै आफ्नै रहे तथा जनताविशेषको लागि देश सँधै आफ्नै रहे । । सबैले त्यसैले युगयुगका विक्रमादित्यहरुलाई आफ्नै भूमिमा जन्मेका महान पराक्रमी राजा माने । यसरी नै चालुक्य राजवंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । विक्रमादित्य नेपाली थिए चाहिँ नभनौँ किनभने त्यसवेला आजको नेपाल बनेकै थिएन । हज्जारौँ ससाना राष्ट्रहरुमा संगठित यो भूमीमा नेपाल आजको काठमाडौँ उपत्यकाको सिमित घेरामामा मात्र मौलाइरहेको थियो । अझ त्यो राज्यको रुपमा पनि थिएन ।एउटा साँस्कतिक वा भाषिक क्षेत्रमा मात्र प्रतिष्ठित थियो । त्यसैले पनौतिका दन्त्य परम्पराका विक्रमादित्य नेपाली वा भारतीय हुँदै होइनन् किनभने त्यसवेला आजको नेपाल तथा भारत बनेकै थिएनन् । उनी अर्थात त्रिभुवनमल्ल विक्रमादित्य षष्ठ आजका सीमापारी र वारी दुवै संस्कृतिका धरोहर हुन् । एउटै विक्रमादित्यको कुरा के विक्रमादित्य परम्पराका आदिविक्रमादित्य नै यता र उताका साझा साँस्कृतिक धरोहर हुन् । विक्रमादित्यहरु कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् र बाँध्न सकिन्न पनि । त्यसैले विक्रम संबत् नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भएपनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा संबत् हो । यसलाई भारतीय मात्र बन्न दिन हुन्न । अनि त्यसैले नेपाल संबत्लाई पूर्ण नेपाली बनाउन विक्रम संबत्लाई भारतीय बनाइ राख्न जरुरी छैन । नेपाल संबत् आँफैनै नेपाली सबैले गर्व लिनैपर्ने पूर्ववत साँस्कतिक वा भाषिक नेपालक्षेत्रमा मौलिक मूल माटोकै सृजना हो । यो यसै भूमिमा कान्तिपुर, भक्तपुर, ललितपुर, दोलखा आदि अलगअलग राज्यहरुद्वारा राजकीय सम्बतको रुपमा प्रतिष्ठापित पनि थियो । जसरी यसलाई इतरसँस्कृतिका अनुयायी राजा तथा रजौटाहरुद्वारा विस्थापित गरियो त्यसरी नै यसलाई यसै भूमीमा यसै सँस्कृतिका अनुयायीहरुद्वारा पुनः सम्मान गरी पुनः स्थापना गर्न कुनै अपठारो मानिराख्न पर्ने छैन नै । नयाँ नेपालको सम्विधानले यसलाई राजकीय सम्मान दिने नै छ ।
अन्त्यमा सवैलाई यस नेपाल सम्बत् नववर्ष ११२९ को सुभकामना ।

November 5, 2008

नेपाल संवत् र शंखधर साख्वाको ऐतिहासिक प्रमाण

Filed under: Home

(ओमप्रसाद धौभडेल) /नेपाल समाचारपत्र
५ नोभेम्बर ,काठमाडौं 

प्रत्येक वर्षो कार्तिक शुक्ल प्रतिपदाको दिन सदैव नेपाल र नेपालीहरूको निम्ति एउटा विशेष दिनका रूपमा रहिआएको छ।
यो दिन विश्वमा देशकै नामबाट नामकरण गरिएको नेपाल संवत्को पहिलो दिनका साथसाथै विश्वमै आफूलाई पूजा गर्ने नेवार समुदायको म्हपूजाको दिन हो। आजभन्दा ११२८ वर्षगाडि एक जना र्सवसाधारण नेपाली जनता शंखधर साख्वाले आफूसँग भएको अपार धनसम्पत्तिले यहाँका गरिब जनताको ऋण तिरी शुभारम्भ गरेको नेपाल संवत् चलाएको विभिन्न वंशावलीहरूमा उल्लेख छ।

शंखधरले यो संवत् निकाल्दा प्रचलित किंवदन्तिअनुसार यहाँ जयदेव मल्ल र उनका भाइ आनन्देव मल्लको राज्यकाल रहेको उल्लेख छ। यहाँ वंशावलीकारले देश नामधारी लिच्छवी शासकहरूको नाम पछाडि मल्ल जोडिदिँदा कतै यो संवत् मल्लहरूको समयमा मात्र उदय भएको हो कि भन्ने भान पर्दछ।
जुन सरासर गलत हो। किनभने नेपालमा पहिलो मल्ल शासक अरि मल्लको समय ने.सं. ३२२-३३६ हो। यसबाट नेपाल संवत् शुरु भई ३२२ वर्षछि मात्र यहाँ मल्लहरूको आगमन भएबाट कसरी जयदेव मल्ल तथा आनन्देव मल्लको पालामा नेपाल संवत् शुरु भयो भन्न सकिन्छ ?

यसै क्रममा र्सवप्रथम विद्वान् कनिङघमले नेपाल संवत् लिच्छवी राजा राघवदेवको पालामा निस्केको भनाइ प्रकाशमा ल्याउनुभयो। उहाँको धारणालाई समेटेर नेपालमा र्सवप्रथम विद्वान् बालचन्द्र शर्माले राघवदेवको समयमा शंखधर साख्वाले नेपाल संवत् प्रतिपादित गरेको भनाइ र्सार्वजनिक भयो। यसै क्रममा लिच्छवी राजाहरूको वंशावलीमा एकरूपता नहुँदा कतिपय वंशावलीमा राघवदेवको नामसमेत भएन। यसै क्रममा यहाँ लिच्छवी वंशावलीमा बरदेवपछि शंकरदेव, बालार्जुनदेव, विक्रमदेव, गुणकामदेवजस्ता राजाहरूको नामावलीमा राघवदेव देखिएन।

त्यस्तै डेनियल राइटले प्रकाशमा ल्याएको वंशावलीमा समेत बरदेव, शंकरदेव, बर्द्धमानदेव, बलिदेव, जयदेव, बालार्जुनदेवजस्ता राजाहरूको नाम मात्र देखियो। यसै सर्न्दर्भमा बेण्डाल महोदयले प्रकाश गराएको वंशावलीमा बलिदेव, राघवदेव, जयदेव, विक्रमदेव, नरेन्द्रदेव (दोस्रो), गुणकामदेव आदिको नाम देखियो। यो तथ्यलाई चौधौं शताब्दीमा लेखिएको गोपाल राज वंशावलीमा आएको बलदेव, बालार्जुनदेव, मानदेव -चौथो), राघवदेव, जयदेव नामावलीले बढी साथ दियो।

तर पनि ऐतिहासिक प्रमाणको अभावमा कनिङघम र बालचन्द्र शर्माज्यूहरूको भनाइले बढी प्रामाणिकता पाउन नसकिरहेको अवस्थामा प|mान्सेली विद्वान् सिल्भा लेभीले केशर पुस्तकालयभित्र प्राप्त गरेको एउटा अपूर्ण ठयासफुमा ँराजा श्री राघवदेव वर्ष६३ मास ६।। श्री पशुपति भट्टारके सम्बत्सर प्रवृति।। कृता लेएकिोलाई आधार मानेर लिच्छवी राजा राघवदेव आफैँले संवत् चलाएको र त्यो नेपाल संवत् नभई पशुपति भट्टारक संवत् हो भन्ने तथ्य बाहिर आयो।

यता अर्का विद्वान् कमलप्रकाश मल्लले समेत सोही बेहोरा भएको अर्को ठयासफु राष्ट्रिय अभिलेखालयबाट प्राप्त गरेपछि यसले नेपाल संव्तमाथि अर्को आघात थप्यो। तर उक्त वाक्यांशमा राघवदेवको पालामा पशुपतिलाई संवत् चढाएको तर त्यो राघवदेव आफैँले नभई अरु कोहीबाट भएको भन्ने पुष्टि भयो।
विशेष गरी ने.सं. ९५० र ९९० तिर लेखिएका भाषा वंशावली, तथा इन्डिया अफिस लाइब्रेरी लण्डनमा रहेको गोरखा वंशावलीलगायतले एकै स्वरमा नेपाल संवत्को पर््रवर्तक शंखधर साख्वा नै भएको पुष्टि गरेको छ। त्यस्तै यहाँ जनस्तरमा व्यापक उपयोग हुँदै आएको पञ्चा• पात्रोमा समेत शंखधरकृत नेपाल सम्बत्सर लेखिआएको अर्को महत्त्वपर्ूण्ा पक्ष हो।

त्यस्तै गोरखा वंशावलीअनुसार पशुपतिनाथको दक्षिणपश्चिम कुनाको शंखसहितको मर्ूर्ति उनै शंखधर साख्वाको हो। गुणानन्द पण्डितद्वारा संकलन गरी डेनियल राइटद्वारा सम्पादित वंशावलीअनुसार शंखधरले नेपाल संवत् शुरु गरिसकेपछि आप्नो घरनेर एउटा चैत्य स्थापना गरेको हाल पनि विष्णुमति किनारको लंखुतर्ीथमा देख्न सकिन्छ। त्यस्तै गाथा वंशावलीमा शंखधरले नयाँ संवत् चलाउन मानिसहरूको ऋण तिरिदिँदा प्रयोग गरेको शिला हाल सिनामंगलमा रहेको छ। यसरी नेपाल संवत्का पर््रवर्तक शंखधर साख्वासित सम्बन्ध राख्ने हरेक सम्पदाहरू ऐतिहासिक प्रमाण भएको छ।

यसै सर्न्दर्भमा नेपाल संवत्भन्दा अगाडि यहाँ लिच्छवी संवत् प्रचलनमा रहेको देखिन्छ। संवत् ३०१ मा लेखिएको सहोत्तरतन्त्र नामक ग्रन्थअनुसार त्यसबेला मानदेव -चौथो)को राज्यकाल हो, जुन इ.सं. ८७७ को समय हो। मानदेव -चौथो) पछि राघवदेव राजा छँदार् इ.सं. ८७९ अक्टोर २०, मानदेव संवत् ३०४ कार्तिक शुक्ल प्रतिपदा, शक संवत् ८०१ कार्तिक शुक्ल प्रतिपदाको दिन नेपाल संवत् शुरु भएयता नेपाली जनमानसमा यसको व्यापक उपयोग हुँदै आएको छ।

यो संवत्को उपयोग विशेष गरी नेपालमण्डलभित्रका मध्यकालीन तथा पर्ूवआधुनिककालीन अभिलेखहरूमा व्यापक मात्रामा देख्न सकिन्छ। नेपाल संवत्को उपयोग भएको हालसम्मको प्राचीन अभिलेखमा संवत् ४० को अष्ट सहस्रिक्रा प्रज्ञापारमिता ग्रन्थ हुन आउँछ। जुन पाटनको रुद्रवर्ण्र्ााहाविहारमा छ। त्यस्तै यो संवत्लाई स्पष्टसँग नेपाल संवत् भनी लेखिएको मिति १४८ को अर्को अष्ट सहस्रिका प्रज्ञा पारमिता हो जुन कलकत्ताका विद्वान् एस.के. सरस्वतीसँग सुरक्ष्ँित छ। त्यतिबेला यहाँ रुद्रदेवको राज्यकाल देखिन्छ।

यता नेपाल संवत्को महत्त्व नेपालभित्र मात्र सीमित नरही छिमेकी देश चीन र भारतसम्म पनि रहेको प्रमण मिलेको छ। चीनका मिङ वंशका राजा तार्यां मिङले ँने.सं. ५६५ आषाढ शुक्ल दशमी’ तिथि उल्लेख गरी तत्कालीन बनेपाका शासक शक्तिसिंह रामवर्द्धनलाई एक फरवानापत्र पठाएकोबाट नेपाल संवत्को महत्त्व चीनसम्म पुगेको स्पष्ट हुन्छ। त्यस्तै कान्तिपुरका राजा प्रताप मल्लको सालो तथा कुच बिहार (तत्कालीन बंगाल राज्य) का राजा प्राण नारायणले निकालेको एउटा सुनको सिक्कामा समेत ँने.सं. ७५३’ उल्लेख भएबाट नेपाल संवत्को महत्त्व नेपालभित्र मात्र सीमित नरहेको स्पष्ट हुन्छ। यता शाहकालमै प्रतापसिंह शाहको पालामा तिब्बतसित भएको एउटा सन्धिमा नेपाल संवत् प्रयोग भएको अर्को एउटा महत्त्वपर्ूण्ा पक्ष हो।
यति महत्त्वपर्ूण्ा नेपाल संवत्को स्थापना राघवदेवले नभई एक जना र्सवसाधारण नेपाली शंखधर साख्वाबाट नै भएको हो भन्ने दरिलो प्रमाण हामीसँग छ। नेपाल संवत् शुरु भई १४८ वर्षम्म संवत् मात्र भनिआएको र त्यसपछि नेपाल संवत् भनिए तापनि भक्तपुर जेँलाटोलस्थित एउटा पाटीको शिलापत्र आजसम्म भेटिएका प्रमाणमध्ये सबैभन्दा दरिलो प्रमाण भएको छ।

ने.सं. ८२७ को भूपति मल्लको समयको उक्त शिलापत्रको तेस्रो हरफमा स्पष्टसँग ँसख्वा संवत् ८२७ वैशाख कृष्णदशमी’ उल्लेख छ। शंखधर साख्वाले शुरु गरेको भएर ँसख्वा संवत्’ उल्लेख भएको आजसम्म भेटिएको यो पहिलो अनि प्रामाणिक प्रमाण हो।

नेपाल -प्रचलित) लिपिमा लेखिएको दक्षिणाभिमुख उक्त शिलापत्रको पर्ूण्ापाठ यस्तो छ।
स्वस्ति।। ऊँ अधबाराह कल्पत्यादि।। शंखाजोग वसु
श्चैव मासि राघव कृष्णया। ब्रम्हा तिथि तस्या जीर्र्णो उद्धारत दिने।। अथ नेपालभाखा शख्वा सम्बत ८२७ वैशाख कृष्णदशमी उत्रभद्र नक्षत्र बृहस्पति वार थ्व कुन्तु श्रीश्रीश्री विष्णुप्रितिन श्री २ जय भुपतिन्द्र मल्ल देव महाराजा प्रमान हाकु
भारोया बेलस चुकुति प्रमुखत्र मनहोल सिजीव त्वार नायक रामचन्द्र त्वार नायक जेंलाटोल या पन्च शंकरस्यनं प्व फले जीणाउद्धार याङा थ्व भल सुवा वं कंचगल उपद्रव याङा व सेन करसा पन्च महापातक, जेँला टोलया लोक्व बिचार याङा व सल्ल आदि व याङाव यातसा श्री ३ शिबलिं थापना थाङाया पुण्यलाक।। शुभ।।

यो शिलापत्रको पाठ र्सवप्रथम २०३० सालमा प्रकाशित मध्यकालीन अभिलेख नामक ग्रन्थमा विद्वान्ले ँशंखा संवत्’ पढी यो शंखधरको छोटकरी रूप भएको उल्लेख गर्नुभएको थियो। पछि काशीनाथ टमोटलगायतका विद्वान्हरूले सख्वा संवत् पाठ पढी यो साख्वाःको रूपमा लिनुभएको छ। भक्तपुर जेँला टोलको यस अभिलेखबाट नेपाल संवत् तथा शंखधर साख्वाःको विषयमा अध्ययनशील विद्वान्हरूमा थप ऊर्जा प्रदान गरेको छ।

जापानमा नेपाल सम्वतको ११२९ औं नयां बर्ष भव्यताकासाथ सन्पन्न

Filed under: Home
नेवा: जागरणमन्च सम्बाददाता
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले नेपाल सम्वतको नयां बर्ष ११२९ तथा नेपालीहरुको महानपर्व तिहारको उपलक्ष्यमा आइतबार म्ह:पूजा लगायतका बिभिन्न कार्यक्रमहरुको आयोजना गरी भब्यरुपमा मनाएको छ ।

नेपाली राजदूतावास टोकियोका डेपुटी चिफ अफ मिशन डा. दूर्गाबहादुर सुबेदी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा नेपाल जापान सोसाईटीका अध्यक्ष ईतो चूइची, गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष भवन भट्ट, नेपाल जापान संगठनका अध्यक्ष भूपिगोबिन्द श्रेष्ठ, नेवा जागरण मञ्चका अध्यक्ष सुनिल शाक्य, हातेमालो सोसाईटीका अध्यक्ष प्रचण्ड वज्राचार्य, मिलन क्लबका अध्यक्ष माधवनारायण मानन्धर, नेपाल जापान उइमन्स सोसाईटीका उपाध्यक्ष काम्बारा नाओको, दिदी बहिनी समाज, नेपालीज आईटी रिसर्च फोरम जापान लगायत अन्य संघ संस्थाका महानुभावहरु गरी करिब ११० जना जतिको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि डा. दूर्गाबहादुर सुबेदी तथा ईतो चूईचीले पानसमा बत्ती बाली संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो।

टोकियोको हिरोस्थित जाईका ग्लोबल प्लाजामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य दिंदै अध्यक्ष कातो ज्ञानु मानन्धरले नेपाल भाषा तथा जापानी भाषामा सबैलाई “न्हु: दँया भिन्तुना” ब्यक्त गर्दै म्ह: पूजाको औचित्यबारे प्रकाश पार्नुभयो । साथै नेपाल सरकारले नेपाल सम्वतलाई सरकारी मान्यता दिएकोमा नेवा: अन्तर्राष्ट्रिय फोरमको तर्फबाट नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो।

स्वागत मन्तब्यकोक्रममा प्रमुख अतिथि डा. दूर्गाबहादुर सुबेदीले नववर्ष नेपाल सम्वत ११२९ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुहुँदै नेपाल सम्वतलाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिएकोमा सबैलाई बधाई ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा नेपाल जापान सोसाईटीका अध्यक्ष ईतो चूइची, गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष भवन भट्ट, नेपाल जापान संगठनका अध्यक्ष भूपिगोबिन्द श्रेष्ठ तथा नेवा जागरण मञ्चका अध्यक्ष सुनिल शाक्यले नेपाल सम्बत ११२९ को उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्नुभयो।
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानका महासचिव डा. दिनेश मानन्धरले नेपालमा प्रचलित बिभिन्न सम्बतहरु सम्बन्धि जानकारी प्रस्तुत गर्नुभयो । उक्त प्रस्तुतिमा वहाँले अञ्जन सम्वत, बुध्द सम्वत र नेपाल सम्वतबारे प्रस्तुत गर्दै अञ्जन सम्वत र बुध्द सम्वतको सम्बन्धपारे प्रकाश पार्दै नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिईसकेको हुँदा नेपाल सम्वतलाई सरकारी स्तरमै ब्यबहारमा पनि लागु गर्न अत्यन्त जरुरी भएको कुरा औंल्याउनु भयो।

म्ह:पूजा कार्यक्रम चिट्ठाबाट छानिएका १२ जना तथा ईच्छुक बच्चाहरुलाई सहभागी गराएर सम्पन्न भएको थियो । उक्त म्ह:पूजा कार्यक्रम जापानी सहभागीहरुले निकै रुची लिएर अवलोकन गरेका थिए । म्ह: पूजा पछि शुरु भएको पंच लामाको दुई घण्टा भन्दा लामो मनमोहक कन्सर्टले उपस्थित सबैलाई यथेष्ट मनोरंजन प्रदान गरेको थियो।

फोरमका सल्लाहकार डा. ईश्वर शाक्यको टोस्टबाट बुफे डिनर शुरु भएको थियो भने फोरमका सल्लाहकार डा. रामध्वज श्रेष्ठले धन्यवाद ज्ञापन ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम नीला बिमोली र दिनेश मानन्धरले कुशलतापूर्वक संचालन गर्नुभएको थियो ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft