Newah Jagaran Manch Japan

December 31, 2008

नेवा: जागरण मन्च जापानको आयोजनामा ‘योमरी पुन्ही’ धुमधामका साथ मनाए

Filed under: Home

नेवा: जागरण मन्च जापानको आयोजनामा दिसेबेर २८तारेख आइतबा:का दिन तोक्योको एदोगावा स्थित नेपाली रेस्तुरेन्ट & बार सुकुन्दाको सभाहलमा बिभिन्न सान्स्कृतिक कार्यक्रमका साथ ‘योमरी पुन्ही’ भब्य रुपमा सम्पन्न भएको छ /
योमरी पुन्ही को उपलक्षमा उपस्थित हुनुभएका सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई धन्यवाद दिनुहुँदै मन्चका अध्यक्ष सुनिल कुमार शाक्यले कार्यक्रम आरम्भ गर्नु भएको थियो /आफ्नो मन्तब्य दिनुहुने शाक्यले योमरी पुन्ही को बारेमा सँक्षिप्त परिचय दिनु हुँदै योमरी पुन्हीको लोक भाका गाएर सुनाउनु भएको थियो /
नेवा: समुदयमा जन्मदिनको बेलामा योमरिको माला लगाउने चलन छ / तर आजको कार्यक्रममा योमरी पुन्ही र जन्म दिनको सम्झनामा  नेपाली तथा जापानी केटाकेती हरुलाई योमरिको माला लगाइ पूजा गरिएको थियो /
सान्स्कृतिक कार्यक्रमका क्रममा नेपाल बाट आउनु भएका कलाकार प्रतिशा शाक्य र जापानमा बसोबास गरिरहनु भएका पुराना न्रित्य र हास्य कलाकार ( हाल ब्यवसायी ) अनिल कुमार शाक्यले बिभिन्न नेपाली लोक गीतका न्रित्य प्रस्तुत गर्नु भएको थियो भने ७ बर्षका बालक केन शाक्यले आजकाल जापानमा सानो केटा केटीहरुमा सबभन्दा ख्याती पाएको गीत ‘पोन्यो पोन्यो ‘भन्ने पियानो बजाएर उपस्थित हुनु भएका केटाकेतिहरुलाई मनोरन्जन दिएका थिए / त्यस्तै भुतपुर्व किन्दर गार्डेन तिचर सिमोदा ले केटाकेती हरुलाई मनपर्ने गीतहरु गाउँदा  उपस्थित स - साना  बालकहरु झुम्मिएर नाचेका थिए /
      
त्यस्तै राजु मुस्याजु ,जनक राज शाक्य ,ज्ञाना शाक्य र उपेश श्रेष्ठको गीतले योमरी पुन्हीको रौनक बढाएको थियो भने अनिल कुमार शाक्य र आजका कार्यक्रमका सबभन्दा जेठो  ७६ वर्शिय हर्श रत्न शाक्यका ‘जिगु दन्फु हाइ जिगु दन्फु’ भन्ने गीतले सबै लाई नचाएको थियो /
उकत कार्यक्रममा  नेपाली केटा र जापानी केटी सँग बैबाहिक सम्बन्ध गास्नुभएका नेवा: साथीहरु आफ्नो श्रीमती र छोरा छोरीका साथ उल्लेख्य रुपमा उपस्थित हुनु भएको थियो / त्यस्तै 
 जापानी तथा अरु नेवा: साथीहरुको उपस्थिति भएको यस योमरी पुन्हीको कार्यक्रममा  योमरी र नेवा:खानाले आफ्नो सन्स्क्रिती र मातृभूमी नेपालको सम्झना गराएको थियो /

    

       

योमरी पुन्ही सँक्षिप्त परिचय :
 
कार्तिक महिनाभरी किसानहरुले खेतबाट धान काट्ने झार्ने ,सुकाउने केलाउने र काम सिध्याएर भकारीमा थन्क्याउन्छन र मंसिर महिनाको शुक्लपक्षको पुर्णिमा तिथिका दिन नेवा: समुदायले योमरी पुन्ही मनाउने गरिन्छ / चामलको पिठोको डल्लालाई बाँया हत्केलामा राखेर दाहिने हातको चोर औँलाले थिच्दै भित्र खोक्रो पारी त्यस भित्र भागमा चाकु ,मस्योरो ,मास ,खुवा ,तिल ,नरिवल राखी भाँडाका मुख बन्द गरेर बास्प पाक द्वारा योमरी पकाइन्छ नेपाल भाषामा ‘यो’ भन्दाले प्यारो र ‘मरी’ भन्नाले रोटी अथवा मिठाइ लाई भन्ने बुझिन्छ अर्थात योमरी भन्नाले प्यारो रोटी (मिठाइ ) भन्ने बुन्झिन्छ /
यो दिन स्थानीय बिभिन्न टोलका ब्यक्तिहरुले समुहगत रुपमा बाजागाजा सहित गीत गाएर टोल - टोलमा योमरी माग्न जाने चलन छ /
यसै गरी टोल छिमेकका साथीभाइ, केटाकेतिहरु जम्मा भई नेपाल भाषामा ‘योमरी च्वामु ,उकिया दुने चाकु, ब्युसा माकु, मब्युसा फाकु ,ब्युम्ह ल्यासे मब्युम्ह बुरिकुटी अर्थात योमरी चुचचो त्यस भित्र गुलियो ,दियो भने मिठो ,दिएन भने तररो / योमरी दिने तरुनी नदिने बुढी भनी लोक भाका हालेर गीत गाउँदै घर घरमा गई रमाइलो गर्दै योमरी माग्ने गरिन्छ /योमरी पुन्ही नेवा: हरुले देउसी भईलो जस्तै गरी मनाउने गरिन्छ /
यसरी माग्न आउनेलाई घरका मुलिले धान ,चामल ,योमरी र पैसा दिने चलन छ / नेवा: समुदायमा यो पुर्णिमाको दिन बिहान सबैरै देखी योमरी र ल्होंचामरी पकाइ बिभिन्न देबी -देउतालाई चढाएर प्रशादको रुपमा पनि खाने गरिन्छ /

December 29, 2008

नेवाः जागरण मञ्च इटाली शाखा गठन

Filed under: Home

 इटालीबासी नेवा: समुदायको एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रति नेवा: समुदायको अखन्ड देन ,जातिय अधिकारको सवालमा नेवा: समुदायको समस्या समाधानको साथै अन्य नेपाली समुदाय सित हातेमालो गरी ब्रिहत नेपाली समाजको हकहित , भाषा र सन्स्कृतिको सरंक्षण एवं उत्थान र नेपालमा सीप मुलक तालिमको लागि आर्थिक सहयोग गर्ने उद्वेस्य लिइ यही दिसेम्बेर २१ तारेख आइतवा:को दिन ११ सदस्यीय कमिटी गठन गरिएको छ / सुरोज वीर सिंह कन्साकारको अध्यक्षतामा गठित कमितिमा प्रकाश महर्जन उपाध्यक्ष ,पुरुसोतम श्रेष्ठ सचिब ,स्मिता कन्साकार कोषाध्यक्ष र सदस्यहरुमा बसन्ती महर्जन ,दिनेश राजभन्दारी ,स्रिजना राजभन्डारी,रमेश महर्जन ,उदय राजभन्डारी ,सुयस्था स्थापित र धिरेन्द्र महर्जन चुनिएको छ /त्यस्तै उक्त नव गठित समितिलाई सल्लाह दिन सल्लाहकारमा सुनिर वीर सिंह कन्साकार रहनु भएको छ / आगामी जनवरीमा नेवा: जागरण मन्च इतालिको प्रथम अधिबेशनलाई सफल पार्न मन्चका अध्यक्षज्युलाई (ईमेल:- surajkansakar@hotmail.com http://newajagaranmancha.blogsome.com/ फोन ००३९-३३८८-९८८०१३) इताली , भेनिसमा संपर्क गर्न अनुरोध गरिएको छ ।

December 26, 2008

नेवा: जागरण जापानले नेपाली साहित्यका महान ब्यक्तित्व रमेश बिकलको असामयिक निधन प्रति शोक ब्यक्त /

Filed under: Home

ने.सं. ११२९ थिंलागा १४, शुक्रवाः (डिसेम्बर २६, २००८)
नेपाली साहित्यका बरिष्ठ साहित्यकार रमेश विकलको असामयिक निधनमा नेवा: जागरण मन्च जापान उहाँको आत्माको चिर शान्तिको लागि प्राथना गर्दै हार्दिक श्रद्वान्जली ब्यक्त गर्दछौ / नेपालले एक महान ब्यक्तित्व गुमाउनु परेकोमा नेपाली साहित्यमा ठुलो क्षति ब्यहोर्नु परेको छ / तर उहाँको रचना तथा साहित्यिक लेखनका कृतिहरु नेपाली जीवनमा लोकप्रिय रहिरहनेछ /

December 24, 2008

नेवा: जागरण मन्च जापान शाखा हिमाल मिडिया माथि आक्रमणको घोर भत्सर्ना गर्दछ /

Filed under: Home

गत ने.सं. ११२९ थिंलागा ९, आइतवाः (पौष ६ गते) हिमाल मिडियाको कार्यलय हात्तीबनमा उक्त मिडियाका सम्पादक, सम्बादाता तथा कर्मचारी लगायत अन्य पत्रकारहरु माथि हमला गर्नुको साथै कार्यालय तोडफोड गरेको घटना प्रति नेवा: जागरण मन्च जापान शाखा घोर भत्सर्ना गर्दछ ।
सञ्चार संस्था र सञ्चारकमकर्मिहरु माथि गरेको कायरतापूर्ण आक्रमण जसले गरेको भएपनी हामी घोर निन्दा र भत्सर्ना गर्दछौ / हिमाल मिडियामा आक्रमण गर्ने जो कोही भएपनी यस्ता अपराधीक कार्यमा संलग्न दोशिहरु माथि तत्काल कानुन अनुसार कारबाही गर्नको लागि जोडदार माग गर्दछौ /
बल , हिँसा  र हात हतियारको राजनीतिले गर्दा नेपाली जनताको शन्तिपूर्ण तरिकाले बाच्ने अधिकार गुम भएको छ /
गत केही समय देखी प्रेश स्वतन्त्रतामाथी लक्षित गरी बिभिन्न राजनैतिक भातृसंगठनहरु तथा अन्य अपराधीक संगठनहरुले धम्की दिने, पत्रकारमाथी कुटपिट गर्ने खालका कार्यहरु गरेको हुनाले तुरुन्त त्यस्ता कार्यहरु बन्द गर्नको साथै बिधिको शासनलाई प्रत्याभुती दिन सरकार समक्ष अनुरोध गर्दछौ। 

अध्यक्ष :सुनिल कुमार शाक्य
महासचिब :सागर कपाली

नेवा: जागरण मन्च जापान

नेवा: जागरण मञ्च काठमाण्डौं द्वारा दिनको दस घण्टा लोडशेडिंगको बिरोध प्रदर्शन

Filed under: Home

 

ने.सं. ११२९ थिंलागा ११, मंगलवाः (Tuesday, 23 December 2008)

NJMJ NJMJ NJMJ NJMJ NJMJ तस्वीर: अमेरिका दर्पण

दिनको  १० घण्टा लोडशेडिंगको  विरोध गर्दै नेवाः जागरण मञ्च काठमन्डौंद्वारा आईतवार एक बिरोध प्रदर्शन गरिएको छ  सोही क्रममा उक्त दिन लाल्टिन, तुकी ( मतच्याः थल)   मैनबत्ती सहितको जुलुस थायमरु टोलबाट शुरु भैइ राजाधानीको बिभिन्न भाग पारिक्रमा गरी लोडसेडिङ अन्त्य गर्न माग गर्दै  विद्युत प्राधिकरण घेराउ गरिएको    । जलस्रोतको धनी नेपालमा अदुरदर्सी राजनीतिले गर्दा आजको स्थितिमा आइपुगेको कुरा बताइएको छ उधोग धन्दालाई राजनीतिबाट अलग राखी औधोगिक क्षेत्रमा लगानी गर्ने बातावरण बनाइ बढी भन्दा बढी जलबिद्युतमा लगानी गर्न उधोगीहरुलाई प्रोतसाहित गर्ने दिर्घकालिन निती ल्याउन मञ्चले  जोदडार माग गरिएको छ

December 18, 2008

सुचना : निशुल्क हाउसु वायरिङ्ग तालिम दिन इछ्हुक स्कुल, ईन्स्टिच्युट वा संगठनहरुले नेवा:जागरण मन्च काठमान्दौ मा संपर्क राख्न अनुरोध गरिएको छ/संपर्क : सरोज रत्न शाक्य :9841-451574

Filed under: Home

newajagaranmancha@gmail.com 

December 17, 2008

नेवा: जागरण मन्च इताली गठन हुने/ ने.सं. ११२९ थिंलागा ५, बुधवाः (2008 December 17)

Filed under: Home

यही आउने दिसेम्बेर 21 तारेख (नेपाल सम्बत ११२९ थिंलाथ्व ९ , अैइतावाः) का  दिन नेवा: जागरण मन्च इतालीको भेनिसमा नेवा: जागरण मन्च इताली गठन हुने भएको छ।

 इतालिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा घनिस्तता बढाउने र नयाँ नेपालको लागि केही सहयोग गरौँ भन्ने भाबना लिएर नेवा: जागरण मन्च इताली गठन गर्न खोजिएको कुरा भनिएको छ ।
उकत दिन इतालिमा बसोबास गर्नु हुने सम्पूर्ण नेवा: दाजु भाई दिदी बहिनीहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ बिस्त्रित जानकारीको लागि
Email:- newajagaranmancha@gmail.com, surajkansakar@hotmail.com    फोन ००३९-३३८८-९८८०१३ इताली , भेनिसमा संपर्क गर्न अनुरोध गरिएको छ ।

December 10, 2008

नेवा: जागरणमंच जापानको आयोजनामा दिसेम्बेर २८ तारेख २००८ आइतबारका दिन योमरी पुन्ही मनाउने / ने.सं. ११२९ थिंलाथ्व १३, बुद्ववाः

  

Programme

Live Dance Show by Pratisha Shakya   ★Newa: Food Bhoe with योमरी
Venue: Nepal Restaurant & Bar Sukunda

http://r.gnavi.co.jp/e311000/map1.htm
Imaizumi Bldg.1F,2-3-25 Suido,Bunkyo-Ku,Tokyo, Subway Yurakucho Line ,Edogawabashi Stn.,Exit No.4 ,Walk 6 mins.Tel.03-3816-5548

Date: 2008 December 28th Sunday
Entrance: ¥2000 (Included Lunch Buffet, Under 8years Free,Children \1000)
Time: 11:00 ~16:00
यस कार्यक्रमबाट उठेको रकम नेपालमा हाउसु वाएरिङ्ग तालिमको लागि पठाइनेछ
Contact: 
Sunil: 090-4294-6887, Suwan: 090-2905-0770, Janak: 080-3189-9198,                           
Shakya: 80-3411-0139, Sagar: 080-3509-3640, Khrisna: 080-3155-3358,
Rajendra: 080-1217-0271
सुचना
नेवा: जागरणमन्चको शाखा संसारभर गठन गर्ने कार्य भईरहेको हुनाले इछुक ब्यक्तिहरुले तलको ठेगानामा सन्पर्क गर्नुहोला /
नेवा: जागरण्मन्च केन्द्रिय कार्यालय काठमन्दौ ४२६१६६३ ,संयोजक :सुजिब बज्राचार्य :98510-81750 , सदस्ये :सरोज रत्न शाक्य : ,9841-451574
जापान शाखा अध्यक्ष :Sunil Kumar Shakya : 090-4294-6887 (Japan)
 
newajagaranmancha@gmail.com  http://newajagaranmancha.blogsome.com/

योमरि च्वामु उकिया दुने हाकु
बिउसा माकु मबिउसा फाकु
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्यछिंत्यः, बकछिं त्यः
लातापाता कुलेचां जुसिं त्यः

नेवा: जागरण मन्च जापानया छुँ भचा खँ :

आ : तक नेपा : या बुङमती ,लेले ,तोखा ,फर्पिङ ,बज्र बाराही , यँ या झिगु वडा सिँबे अप्पो थासय गठन जुइ धुन्कल / अथे हे सन्किपा मन्च ,ब्यापारी मन्च ,बुद्विजिवी परिषद ,सुरक्षा मन्च गठन जुइ धुन्कल / थौं कन्हे हे सल्लाकार परिषद गठन जुइ त्योङु दु /आ: तक हजारौ सदस्य त य दये धुन्कल / धमा धम बधे जुया चोङु दु ,बिदेश य न थाये थासये गठन जुइगु प्रोसेसय वोना चोङु दु। उन्केँ नेवा: जागरण मन्च यँ पखेँ सकल नेवा: तयत छ्प्प याना छगु नेवा: शक्ती बने जुइ त्योङु दु /


 जापान व मेमेगु देशये चोंपि नेवा: तयत एकक्रित यएगु ,व नेवा: जक मखु सकल नेपामि या हितया ज्या यायगु / झिपिं मेमेगु संगठन थें भोय जक नयएगु भेटघात जक मयासे हरेक कार्यक्रम पाखेँ छुँ भचासां आर्थिक सन्कलन याना नेपामी तयत निशुल्क हाउसु वायरिङ्ग तालिम बियगु ,अले झिगु सन्स्क्रिती मेमेपिं समुदाय ,जापानी व झि थ :मचा तयत नँ झिगु सन्स्क्रिती स्यनेगु / ई या अभाब याना मितिङ वो कार्यक्रम छगु हे न्ही खुनु तया त:गु दु / थ्वो झिगु संगठन सम्पुर्ण बिचारधाराया नेपामी पिं दुथ्या ,उन्के बिचा मिलय मजुसाँ नेवा: तये लागि छुँ सहयोग याये धयागु भाबना जोना वोयत इनाप याना चोना / न्ह्याग्गु संगठन ये न धेबा या अभाब तसन्कं जुइगु जुगुलिं नेवा: जागरण मन्च जापान गठन याना बलय निस्वार्थ भाबना,नेवा: तएया लागि आर्थिक सहयोग याये धका भाबना तया गठन यागु ख: / नेपाल भाषा या होम पेज बने जुया चोङु दु ,आर्थिक अवस्था या कारण याना छुँ भचा धिला जुया चोङु दु /

नेपाली भाषां ब्लगयानाया कारण झिगु कार्यक्रमया समाचारं संसार ए चोँपिन् नेवा: जक मखुसे मेपिन नेपामी तयेसं नँ झिगु गतिबिधी या ज्यझ्वो थुइकेया लागि ख: /

पासापिं आ: झिपिं नँ सुन्क च्वोने मजिल ,थ:गु पहिचान थ: म्हेस्यान हे याये माले धुन्कल/मेपिन्स छु याना चोन धका जक मस्वोसे थ:म्हेस्यां छु सहयोग याएफु धका न्ह्योने वोय माले धुन्कल / आ: तक नेवा: जागरण मन्च जापान सेप्टेम्बर १३ खुनु गठन जुये धुन्का कार्यक्रम फुक्क नेपाल भाषा पाखेँ याना चोङु दु / निकत भबिस्य लये न नेपाल भाषा पखेँ हे यायेगु जुइ तर नेपाल सम्बत या कार्यक्रम ११२९ नेपाली भाषा पाखेँ याना छाये धासा मेमेगु जाती पिन्स नेपाल सम्बत यात नेवा: तएगु सम्बत धका जक मधायेमा धका /

नेवा: जागरण मन्च जापान गठन जुये धुन्का अन लाइन पत्रीका वो नेपा: या पत्रीकाये झि नेवा: तएगु कार्यक्रम धमा धमा ब्वोने दया चोङु दु / नेवा: जागरण मन्च जापान पाखेँ नेवा: तयत नेपाल भाषां भाषन यायगु तालिम नँ बिया चोङु दु / उन्केँ जापान या सकल नेवा: पासापिंन्त नेवा: जागरण पखेँ याइगु ज्याझ्वो लय ब्वोती कया थ:गु पहिचान बिकास यायत इनाप यानाचोना / नेवा: जागरण मन्च जापान ये बिभिन्न बिचाया पासापिं दुगु जुगुलिं यदी छम्ह पासानापं बिचा मिलय मजुल धका ध्न्दा कयादी म्वा :/ थ्वो संगठन छम्ह ब्यक्ती या संगठन मखुगु जुगुलिं सकल नेपामी पिन्त थगु हे संगठन भा पिया दीत इनाप याना चोना /

December 9, 2008

नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएको उपलक्षमा नेवा: जागरणमन्च जपान र दिदिबहिनी समाजको संयुक्त आयोजनामा अन्तर्कृया एवं खुशीयाली भोज भब्य रुपमा सम्पन्न‏

Filed under: Home

लुम्बिनी वज्राचार्य, तोःक्योः

   

नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएको उपलक्षमा नेवा: जागरण मञ्च जपान र दिदिबहिनी समाजको संयुक्त आयोजनामा यही डिसेम्बर ७ आइतवार तोःक्योः नाकामेगुरो स्थित तिहार दाइनिङको सभा हलमा अन्तर्कृया एवं खुशीयाली भोज भब्य रुपमा सम्पन्न भयो।
नेपाल संवतलाई राष्ट्रीय संवत मान्यता दिइएको नेपाल सरकारको निर्णयलाई सम्माननीय प्रधान मंन्त्री पुष्प कमल दहाल बाट भएको सार्वजनिक घोषणाको विडियो समाचार प्रशारण बाट शुरु भएको उक्त अन्तर्कृया एवं खुशियालि भोजमा, जपानका लागी नेपाल राज्यदूत महामहिम डा.गणेश योन्जन तामाङ को प्रमुख अतिथि रहेको थियो।
नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता प्राप्त गर्ने क्रममा कतिले के कस्ता दुख कष्ट पाएको देखी नेपालको नयाँ सरकारले दिइएको राष्ट्रीय मान्यता द्वारा नेपाल संवतको पुनः प्रतिष्ठित भएको सन्दर्भलाई, नेवा: जागरण मन्च जापान का प्रमुख सल्लाहकार, बहु जातीय समाज विशेषज्ञ एवं मानब अधिकारकर्मि सुवन् वज्राचार्य बाट काव्यमा परिणत गरी गर्नु भएको स्वागत मन्तव्य बाट शुरु भएको अन्तर्कृया कार्यक्रममा, प्रमुख अतिथी राज्यदूत महामहिम डा. गणेश योन्जन तामाङले नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएकोमा शुभकामना एवं बधाई दिनुहुँदै प्राविधिक विशेषज्ञहरुको सरसल्लाह, बहस र छलफल गरी नेपाल संवतलाई व्यवाहारिकरूपमा कार्यन्वयन गर्नु पर्ने धारणा राख्नु भयो। 

नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएको उपलक्षको शुभकामना मन्तव्य दिने क्रममा, गैर आवासीय नेपाली संगठन जपानका अध्यक्ष भबन भट्टले नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएकोमा त्यसको स्वागत गर्नु हुँदै बहु भाषी, बहुजाती को देश नेपाल भएको हुनाले सबै नेपाली एक भएर बढन सकेमा राष्ट्र बिकासमा ठुलो टेवा पुग्ने कुरा बताउनु भयो। नेवा:अन्तर्राष्ट्रीय फोरम जपानका महासचिव दिनेश मानन्धरले राष्ट्रीय मान्यता पाएको नेपाल संवतलाई व्यवहारमा लागु गर्नु पर्ने र त्येसको शुरुवात जपानको नेपाल राज्यदूतावासको पत्राचारमा नेपाल संवत राखेर शुरुहुने आशा राख्नु भयो। नेपाल जनसंपर्क समिति जपानका अध्यक्ष महेश कुमार श्रेष्ठले निरंकुश शासनकालमा नेपाल संवतको कार्यक्रम एक आन्दोलनको रुपमा गरिन्थो र त्यसबेला धेरै धरपकड गरिन्थो। लोकतन्त्र आएपछि भु.पु. प्रधान मन्त्री कृष्ण प्रशाद भट्टराईले शन्खधर शाख्वालाई राष्ट्रीय विभूतिको रुपमा मान्यता दिइयो भने अहिले राष्ट्रीय संवतको घोषणा गरेकोमा स्वागत तथा शुभकामना ब्यक्त गर्नु हुँदै नेपाल संवतलाई कागजमा मात्र सीमित नराखी त्यसलाई ब्यवहारमा ऊतार्नु पर्ने आवश्यकता रहेको कुरा बताउनुभयो।

दिदी बहिनी समाजका महासचिव सुवर्णलता तुलाधरले नेपाल संवतलाई  राष्ट्रीय संवतको मान्यता दिएकोमा लसकुस गर्दै नेपालका सबै जनजाती एउटै धागोमा बाँध्न सक्ने र राष्ट्र विकासमा ठुलो टेवा पुग्ने भन्दै, गैर आवासीय नेपाली संगठनका अध्यक्ष भबन भट्टले दिनु भएको मन्तव्यमा सहमति जनाउनु भयो।

शुभकामना मन्तव्य क्रममा, यसै हिरोशिमा विश्व बिद्यालयका प्राध्यापक केशव लाल महर्जनले नेपाल संवतलाई  राष्ट्रीय संवतको मान्यता प्राप्त भएको उपलक्षमा शुभकामना दिनुहुँदै, पृथ्वी नारायण शाहले मल्लकालमा चलन चल्तिमा रहेको नेपाल संवतलाई बिस्थापित गरी शक सम्बत लागु गरेको थियो भने राणाहरु आफु नेपाली (कुँवर) भएपनी सम्पूर्ण नेपालीहरु भन्दा माथि हुँ भनेर  कुँवर बाट राणा (राजपुत ) र राणा बाट शम्शेर (शक्तिशाली राजपुत) बन्नको लागी हाम्रो दैनिक जीवनमा प्रचलित विवाह, ब्रत, भोज, चादपर्व, अस्टमी, पुर्णिमा र संस्कृतिसंग  घनिस्ट सम्बन्ध भैइ नेपाल भूमिमा जन्मेको नेपालको मौलिक संवतलाई हटाएर सम्पूर्ण नेपालीहरुको टाउकोमा टेक्न भारतको उज्जैन बाट ल्याएको बिक्रम सम्बत चलाएको इतिहासको वर्णन गर्नु भयो। निरंकुश शासनकालमा नेपाल संवतको आन्दोलनले सामन्ती ब्यवस्था हटाउन लोकतन्त्रको लागि नेपालीहरुलाई जागृत गर्न ठूलो योगदान पुगेको कुरा बताउनु हुँदै, जस्मा नेवा: समुदायको बाहुल्यता थियो भने विभिन्न नेपाली जन समुदायहरुले दिएको सहयोग बाटनै जनगणतन्त्रको उदय भयो भने देसको नाममा बनेको नेपाल संवतलाइ व्यवहारीक रूपमा ल्याउन प्रत्येक नेपालीको जिम्मेवारि हो भन्नु भयो।

शुभकामना मन्तव्यको अन्तमा कोशी बाढि पीडित सहयोगार्थ, नेवा: जागरण मञ्चको तर्फ बाट १००,००० येन र दिदी बहिनि समाजको तर्फ बाट १००,००० येनको आर्थिक सहयोग नेवाः जागरण मञ्च जपानका महा सचिव सागर कपाली र दिदि बहिनी समाजका महा सचिब सुवर्णलता तुलाधरले नेपाल राज्यदूत महामहिम डा.गणेश योन्जन तामाङ लाई हस्तान्तरण गर्नु भएको थियो।

अन्तर्कृया कार्यक्रमको अन्तमा आफ्नो मन्तब्य राख्नु हुँदै, नेवा: जागरण मञ्च जपानका अध्यक्ष सुनिल कुमार शाक्यले नेपाल संवतलाई राष्ट्रीय संवतको मान्यता दिएको उपलक्षमा अन्तर्कृया एवं खुशीयाली भोजमा सरीक हुनु भएका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु,नेपाली एवं जपानी दाजु भाई दिदिबहीनी हरुलाई हार्दिक धन्यवाद एवं शुभकामना दिनु हुँदै, नेपाल संवत, कुनै राजा, राजनैतिक वा धार्मिक नेता, ब्यक्ति वा जातिको नाम बाट बनेको नभैइ हामी सबै नेपालीहरुको मातृभूमि नेपालको नाम बाट बनेका संसारमा एक मात्र संवत लाइ धिलै भएपनी नेपाल सरकार बाट राष्ट्रीय मान्यता पाएकोमा नेपाल सरकारलाई क्रितज्ञता ब्यक्त गर्नु भई नेपाल संवतलाई छिटो भन्दा छिटो ब्यवहारमा कार्यन्वयन गर्न नेपाल सरकार समक्ष माग राख्नु भयो।
साथै, नेवा: जागरण मञ्च जपानको संक्षिप्त जानकारी दिनु हुँदै, आफ्नो मञ्च कुनै राजनीतिक संगठन सँग आबद्व नभएको तर नेपालीहरुलाई राजनैतीक चेतना जगाउने र जपानमा रहेका नेवा: समुदाय मात्र नभई जपानवासी सम्पूर्ण नेपाली हरुको घनिस्टता बढाइ, मञ्चको गतिविधि बाट केही मात्रामा भए पनी अर्थिक संकलन गरी नेपालमा सिप विकास तालिम दिने उद्वेष्य रहेको कुरा भन्नुहुँदै हाल नेपालमा मञ्चको सहयोग बाट निशुल्क हाउस् वाएरिन्ङ तालिम सन्चालन शुरु भैइसकेको र नेवा: जागरण मञ्चको हरेक कार्यक्रमा सरिक भइ ठोरै भएपनि नेपालको लागि सहयोग गर्न सम्पुर्ण जपानवासी नेपालीहरुलाई अनुरोध गर्नुभयो।
गैर आवसिय नेपाली संगठन अन्तरराष्ट्रिय सामन्वय समिती सदस्य किरण बिक्रम थापा ,शान्ति तथा लोकतान्त्रिक नेपालि मञ्च जापान अध्यक्ष भुषण घिमिरे, शेर्पा संघ जपानका महासचिव सोनाम शेर्पा सहित बिभिन्न संघ संस्थाका पदाधिकारीका साथै नेपाली तथा जापानीहरुले सभा हल खचाखच भरिएको यसै अवसरमा भएको छलफलको क्रममा जपानको अनलाइन पत्रीकाहरुले नेपालको मौलिक संवत नेपाल संवतको बारेमा एक तर्फी रुपको विरोधाभाष समाचार मात्र नलेखी अर्को पक्षको विचारलाइपनि समावेशी गर्नु पर्ने धारणा उपस्थित बुद्विजिबीहरुले प्रकाश पार्नु भएको थियो।
उक्त कार्यक्रमको सन्चालन नेवा: जागरण मन्च जापानका केन्द्रिय सदस्य सबिता कपाली कछ्यपती तथा सुनिल कुमार शाक्य ले गर्नु भएको थियो /

   
कार्यक्रमको दोश्रो चरणमा खुशियाली भोज सम्पन्न भएको थियो भने, भोजमा, नेपाली नृत्य समूह मयुर ग्रूपले (जसमा सम्पूर्ण कलाकार जापानी केटीहरु थिए) नेवा:, तामाङ, मगर र विभिन्न नेपाली भाखा झल्कने नृत्य प्रस्तूत गरी, उपस्थित सम्पूर्ण सबैलाइ मनमोहक तुल्याएको थियो। नेपाल बाट आउनुभएका कलाकार प्रतिशा शाक्यको नृत्यले खुशीयाली भोजको रौनक अझ बधाएको थियो।

December 4, 2008

Nepal Sambat 1129

Filed under: Home

Nepal Sambat Activity in Nepal.: http://jp.youtube.com/watch?v=OYsQodcnsvc&feature=related  http://jp.youtube.com/watch?v=B3colgQMAjk&feature=related  http://jp.youtube.com/watch?v=LO8Zb2iy5Eo&feature=related   

Nepal Sambat programme 2008 Mary Land USA:http://jp.youtube.com/watch?v=w8lNmJbPSd8&feature=related

Nepal Sambat Programme UK : http://jp.youtube.com/watch?v=o_VO9We_rRA&feature=related 

Nepal Sambat 1129 NY http://jp.youtube.com/watch?v=e5OmQ41-JJY&feature=related  http://jp.youtube.com/watch?v=8Jn7QScr0hM&feature=related

http://jp.youtube.com/results?search_query=Nepal+Sambat+1129&search_type=&aq=f






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft