Newah Jagaran Manch Japan

March 28, 2009

नेवा: जागरण मन्च जापानद्वारा जापान भ्रमणमा आउनु भएका वरिस्थ नेताहरुलाई ज्ञापन पत्र हस्तान्तरण

Filed under: Home

कृष्ण बदन जोशी ,तोकियो ,ने स ११२९ मार्च २८

    

नेपाली जन प्रगतिशिल मोर्चा जापानको दोस्रो अधिबेसन र जन संपर्क समिती जापानको तेस्रो अधिबेसनको लागि जापान भ्रमणमा आउनु भएका एकिक्रित माओवादीका सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख मोहन बैद्य (किरण ),बिदेश बिभाग प्रमुख  सिपी गजुरेल (गौरव ),जनसेना इन्चार्ज वर्शामान पुन (अनन्त ) त्यसतै नेपाली काङ्रेसका उप सभापति तथा पुर्व उप प्रधानमन्त्री राम चन्द्र पौडेल ,केन्द्रिय सद्स्य डा प्रकाश शरण महत ,केन्द्रिय सदस्य तथा सभासद अर्जुन जोशी ,सभासद मोहन पाण्डेको सम्मानमा आइतवार तोकियोमा एन आर एन जापान ,नेपाल जनजाती महासंघ जापान र शान्ती तथा लोकतान्त्रिक नेपाल मन्च जापान को संयुक्त आयोजनामा दिवा भोज सहितको
‘सन्बिधान निर्माणका सन्दर्भमा जातियता ,क्षेत्रियता र संघियताका सवाल बिषयक ‘ अन्तरकृया  कार्यक्रम नेवारी कास्थ कलाले भरिएको हामा मात्सुच्यो स्थित मन्दीर रेस्तुरेन्टको सभाहलमा सम्पन्न भएको छ /

उक्त कार्यक्रममा  नेवा: जागरण मन्च जापानका अद्यक्ष सुनिल कुमार शाक्यले  जातिय थिचो मिचो को अन्त्य ,जनजातीहरुको वास्तबिक चाहना ,लोक सेवा आयोग शिक्षा सेवा आयोग जस्ता निकायहरुको परिक्षा आ आफ्नो मात्रीभाषाको माध्यमबाट पनि दिन पाउने ब्यवस्था ,   
नेवारहरुको भुभाग काठमन्दौ उपत्यका लगायत यस सँग जोडीएको नेवार वस्ती र क्षेत्रलाई नेवा: स्वायत्त राज्य घोषणा गरिनु पर्ने र नेपाल सन्बतलाई छिटो भन्दा छिटो ब्यवहारमा लागु गर्नु पर्ने भन्ने माग राखी सम्पूर्ण वरिस्थ नेताहरुलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको छ /

साथै उक्त पत्रको एक एक प्रती जापान स्थित नेपाल राजदुताबसका महामहिम राजादुत डा गणेश योन्जन तामाङ, गैर आवासिय संगठन जापानका अध्यक्ष भबन भट्त ,गैरवासिय संगठनका उपाध्यक्ष देवमान हिराचन तथा बिभिन्न राजनैतिक दलका प्रतिनिधि र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई बुझाईएको थियो /

सो दिन तोकियो माराथुनमा भाग लिन आउनु भएका वरिस्थ अन्तरराष्ट्रिय माराथुन खेलाडीहरु राम कृष्ण महर्जन र दिपक रन्जितको पनि उपस्थिती थियो /   

ज्ञापन पत्रको बिस्त्रित बिवरण यस प्रकार छ /

ज्ञापन पत्र
विषयः संवैधानिक व्यवस्था अनुरुप मातृभाषाहरुको सुनिश्चिता तथा स्वायत्त राज्य सम्बन्धी ज्ञापन पत्र
महोदय,
      श्रीमानलाई अवगतै होला नेपालको राजधानी काठमाण्डौमा रहेका भूमीपति आदिवासी नेवारहरु यतिवेला नयाँ संविधानमा  जातिय आधारमा संघीयतामा जानुपर्ने आवाज उठाइरहेका छन् ।सोही आवाज र नेवार जनजातिहरुको भावनालाई कदर गर्दै नेवार स्वयत्त राज्य संयुक्त संघ्रर्ष समिति समेत गठन गरी गत माघ ३ गते वृहत रुपमा –याली प्रदर्शन गरेर संविधान सभा भवनमा गई संविधन मस्यौदा समितिका सदस्य निलाम्वर आचार्यलाई नेवारहरुको भूभागमा नेवा: स्वयत्त राज्य घोषणा हुनुपर्छ भन्ने अवधाराणा पत्र समेत वुझाइसकिएको छ । यसरी नेपालमा रहेका नेवार लगायत अन्य जनजातिहरु अहिले आफ्नो हक अधिकारको लागि जागृत भइरहेका छन् । निश्चित रुपमा हामीलाई लाग्छ नयाँ नेपाल वनाउनको लागि जनजातिहरुको जागरणले ठूलो मद्दत पुग्नेछ । नेपाल राष्ट्र विविध जाति र भाषा भएको देश हो । तयर्थ जवसम्म सम्पूर्ण जाति र भाषाका नागरिकहरुलाई समेटेरै राष्ट्रलाई अगाडि वढाउन सकिदैन तवसम्म वास्तविक रुपमा नयाँ नेपाल वन्नै सक्दैन यहि भावनालाई गिकार गर्दै गठन गरेको संघर्ष समिति नेवा राष्ट्रिय मुक्ति मोर्चा, नेवा देय दवु, नेवा मुक्ति मंका दवु, नेवा देय गुठि नेपाल मण्डल, नेपा न्हयलुवा, नेपा: राष्ट्रिय पार्टी र नेवा जागरण मञ्च अहिले नेवा स्वायत्त राज्य स्थापना गर्नको लागि संघर्षरत रहेको छ ।

श्रीमानलाई अवगत गराउन चाहान्छु, हामी नेपालमना रहेका नेवा जागरण मञ्चको विदेश शाखा नेवा जागरण जापान गठन गरेर जापानमा रहेका नेवारहरुलाई संगठित गरी नेपालको विकास देखि लिएर सम्पूर्ण क्षेत्रमा आवद्द गराउन क्रियाशील रहेका छौ । यस अर्थमा स्वभाविक रुपमा नेवा जागरण मञ्चको शाखाको हैसियतले हामी पनि तपाँइ समक्ष नयाँ संविधान निर्माणको क्रममा नेवारहररुको भूभाग काठमाण्डौ उपत्यका लगायत यससँग जोडिएको नेवार वस्ति र क्षेत्रहरुलाई नेवा स्वयत्त राज्य घोषणा गरिनु पर्छ भन्ने माग राख्दछौं । साथै अहिलेसम्म नेपालमा भइरहेको जातिय थिचोमिचोको अन्त्य गर्नको निमित्त नयाँ संविधानले ठूलो भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्दै नेकपा एकिकृत माओवादीको नेतृत्व गरेको सरकारले जनजातिहरुको वास्तविक चाहना र भावनालाई वुझ्नेछ, जातिय स्वायत्त राज्य दिइने छ भन्ने विश्वास हामी जापानमा रहेका सम्पूर्ण नेवारहरुले राखेका छौं  ।

नेपालको राष्ट्रिय संपदाको रुपमा रहेको विभिन्न समुदायका भाषाको विकासक्रम बि. स. २०४६ सालको जनआन्दोलन पश्चात मात्र शुरु भएको हो ।  बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना पछि बनेको नेपालको संविधान २०४७ ले सर्वप्रथम नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरुलाई राष्ट्रिय भाषाको रुपमा संबोधन गरी तदानुसार संरक्षण तथा सम्बर्द्धन तथा विकास गर्ने ब्यवस्था उल्लेख गरिएको थियो ।  साथै संविधानमा मातृभाषामै प्राथमिक तहसम्मको शिक्षा हासिल गर्न पाउने व्यवस्था पनि गरेको थियो । यसै क्रममा २०५० साल ज्येष्ठ १४ गते राष्ट्रिय भाषा नीति सुझाब आयोग र २०५४ सालमा जनजाति विकास समिति पनि गठन गरी सुझाब तथा प्रतिवेदन तयार गर्न लगाईएको थियो । तर यी समिति तथा आयोगहरुले पेश गरेका सुझाबहरुलाई सरकारले केही वास्ता गरेको देखिदैन ।

आज देश महान जनअन्दोलनको उपलब्धी अनुरुप सम्पूर्ण भेदभावहरुको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्था छ ।  नेपालको अन्तरिम संविधान २०६३ को भाग १ धारा ३ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बिशेषतायुक्त सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो भनी राष्ट्रको] परिभाषा गरिएको छ भने संविधानको धारा ५ को उपधारा १ ले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन भनेर सबैलाई समान दर्जा दिएको छ भने उपधारा २ ले स्थानीय निकायमा मातृभाषालाई सरकारी कामकाजको रुपमा प्रयोग गर्न सकिने र उक्त भाषाको अभिलेखीकरण गरिने उल्लेख गरिएको छ । त्यस्तै संविधानको भाग ३ धारा १३ उपधारा २ ले कुनैपनि नागरिकमाथि धर्म, वर्ण, लिंग, जाति, भाषा वा आस्थाको आधारमा भेदभाव गरिने छैन भनी उल्लेख गरेको छ भने धारा १७ उपधारा २ ले नेपालमा बस्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपिको संरक्षण संवर्द्धन गर्ने हक प्रदान गरिएको छ ।  त्यसैगरी, संविधानको धारा १७ उपधारा १ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हकको व्यवस्था गरेको छ । संविधानमै यी सबै व्यवस्थाहरु भएतापनि राज्यले व्यवहारमा यसको विल्कुलै पालन गरेको देखिन्दैन । साथै हालको बजेटमा मातृभाषाको विकासको लागि कुनै ठोस कार्यक्रम नआएकोले सम्पूर्ण मातृभाषी समुदायहरुको त्यसमा आपित्त जनाउँदै नयाँ नेपालको पूर्व सन्ध्यामा फेरी संघर्षमा उत्रन नपरोस भनी निम्न मागहरु सहित संबन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ ।  

मागहरु
१.       राज्यको पुन संचालनमा भाषालाई पनि आधार मानियोस् ।
२.       मातृभाषालाई प्राथमिक तह देखि शिक्षाको माध्यमको रुपमा विकास गर्नको लागि सम्वन्धित निकायद्वारा आवश्यक पहल तत्कालै शुरु गरियोस् ।
३.       खस जातिको भाषालाई नेपाली भाषा भनिय झै नेपालका सबै जातिको मातृ भाषालाई पनि नेपाली भाषामै वर्गिकरण गरियोस् । हाल खस जातिको भाषालाई मात्रै नेपाली भाषा र नेपालको अरु जातिका भाषालाई गैर नेपाली भाषा भन्ने गरिएको विभेदपूर्ण छ ।
४.       शिक्षण विषयको रुपमा हाल पूर्णाङ्क १०० को खस नेपाली भाषा अनिवार्य गरिएका सबै ठाउमा पूर्णाङ्क ५० अंकको खस नेपाली भाषा र ५० अंकको कुनै एक मातृ भाषापनि पढाउने व्यवश्था अविलम्व लागु गरियोस् ।मातृभाषाको विकल्पमा गणित लेखा आदि विषय पठनपाठनमा राखिएको हालको व्यवश्थालाई हटाएर भाषाको विकल्पमा भाषा नै राखियोस ।
५.       खस नेपाली भाषालाई जस्तै अरु मातृभाषाहरुको पठनपाठनको लागि पनि शिक्षक दरवन्दिको व्यवश्था अविलम्व लागु गरियोस् ।
६.       प्रमाणपत्र तह १०जोड२ तहमा पठन पाठन गराउनका निमित्त पुर्वादार तयार भइसकेका मातृ भाषाहरुको पाठ्यक्रम र पाठ्यपुस्तक तयार परी पढाई अविलम्व आरम्भ गरियोस ।
७.       लोपोन्मुख मातृभाषाहरुको संरक्षण सम्वर्धन तथा अभिलेखिकरण गर्न अन्य प्रतिष्ठान जस्तै केन्द्रिय र स्थानिय स्तरको भाषा भाषा प्रतिष्ठान अविलम्व गठन गरियोस साथै प्रशासन शिक्षा संचार आदिमा मातृ भाषाको प्रयोग अध्यन अनुसन्धानलाई नियमित गरियोस ।
८.       नेपालको भाषिक विविधता बारे सही तथ्यांक समाज भाषा विज्ञान अध्यन (social linguistic study), शव्दकोशिय तथा व्याकरणिय अध्यन लगायत राष्ट्रको सम्पदाको रुपमा रहेको सम्पूर्ण भाषाहरुको तत्कालिन अवश्थाको अद्यन गराई विकास संरक्षण तथा सम्वर्धनको लागि अल्पकालिन र दिर्घकालिन योजना वनाउन नेपालको समग्र भाषिक सर्वेक्षण अत्यावश्यक भएको तथ्य स्वीकार गरी राष्ट्रिय योजनाआयोगबाट गट आर्थिक बर्षमा स्वीकृत भई विनियोजनमा सकमेक उल्लेख भएको तर त्यस शिर्षकमा कत्तिपनि वजेट नछुट्याइएको सो गल्तिलाई तुरुन्त सच्चाई कम्तिमा पनि रु पाँच करोडको वजेट विनियोजन गरियोस ।
९.       सबै मातृभाषाको पाठ्यपुस्तकहरु राज्यद्वारा समानरुपमाप्रकाशन तथा वितरणको व्यवश्था गरियोस, उक्त पाठ्यपुस्तकहरु एउटा निश्चित स्तरियता कायम गरेर सम्वन्धित समुदायलाई नै छापेर वितरण गर्ऩे जिम्मा दिइयोस ।
१०.   लोकसेवा आयोग, शिक्षा सेवा आयोग जस्ता निकायहरुको परिक्षा आआफ्नो मातृभाषाको माध्यमबाट पनि दिन पाउने व्यवश्था गरियोस् ।
११.   औपचारिक तथा अनौपचारिक शिक्षा देवनागरिक लिपिमा मात्र सिमित नराखी नेपालमा प्रचलित अन्य लिपिहरुमा पनि दिने व्यवश्था गरियोस ।
१२.   संवैधानिक व्यवश्था अनुरुप मातृभाषाहरुलाई स्थानिय निकायहरुमा सरकारी कामकाजको भाषा वनाउन तत्काल कदम चालियोस ।
१३.   शिक्षाका सबै निकायहरु जस्तै शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, उच्च माध्यामिक परिषद, त्रिभुवन विश्व विद्यालय आदिमा मातृभाषा सम्वन्धी काम गर्ने छुट्टै विभागहरु राखि उक्त विभागमा संवन्धित मातृभाषा बोल्न र लेख्न सक्ने कर्मचारीको व्यवश्था गरियोस ।
१४.   राष्ट्रिय स्तरका सबै संचार माध्यमहरुमा देशका सबै भाषा, साहित्य, संस्कृति, कला आदिको प्रचार प्रसार गर्नको लागि ,म्वन्धित मातृभाषाका सम्पादक र अन्य कर्मचारीहरुको नियुक्ती गरियोस ।
१५.   देशका सबै मातृभाषाको अध्यन अध्यापनलाई वढी शैक्षिक र व्यवसायिक वनाउन भाषा विज्ञान केन्द्रिय विभाग, सिनास, नेपाल प्रज्ञाप्रतिष्ठान आदिमा सम्वन्धित भाषा विदहरुको नियुक्ति गरियोस् ।
१६.   सबै मातृभाषाहरुलाई अन्तराष्ट्रिय शैक्षिक जगमा लैजानको लागि वहुभाषिक विश्वविद्यालयको तत्कालै स्थापना गरियोस ।
१७.   देशका सबै मातृभाषाहरुलाई समान स्थानमा राख्ने निति अनुसार साझा प्रकाशन तथा सरकारी निकायहरुबाट सबै मातृभाषाहरुमा पनि साहित्यका साथै अनुसन्धनाक्मक कृतिहरुको प्रकाशन गर्ने व्यवश्था गरियोस ।
साथै नेपाल सम्बतलाई ब्यबहारमा लागु गर्न आवश्यक  अध्ययन तथा अनुसन्धान यथासिघ्र सम्पन्न गराई आवश्यक नियम कानूनहरु तर्जुमा गर्नको लागि पनि अनुरोध गर्दछौ ।
नेवा: जागरण मञ्च
प्रमुख
सुनिल कुमार शाक्य

March 26, 2009

नेवा: जागरण मन्च जापान द्वारा नेवा: देय दबुमा निर्वाचित ताम्राकारज्युलाई हार्दिक बधाई तथा शुभकामना

Filed under: Home

नेपाल संवत ११२९ मार्च २७ शुक्रबा: / 

 वरीस्थ एवँम प्रभाबशाली नेताहरुको गरिमामय उपस्थितिमा हालैमा धनकुटामा सम्पन्न भएको पाँचौ एतिहासिक ब्रिहत अधिबेशनबाट नेवारहरुको राष्ट्रिय संस्था नेवा: देय दबुको अद्यक्षमा निर्वाचित हुनु भएकोमा श्री नरेश ताम्राकारज्यु लगायत नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारीज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल पूर्ण सफल रहोस भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ / साथै सम्पूर्ण नेवा:हरुलाई नडराइकन सङठित हुन तथा राजनीतिक क्षेत्रमा नेवा:हरु अझ मजबुत हुँदै जानेछ भन्ने विश्वाश ब्यक्त गर्दछौ / नेवा:जागरण मन्च जापान अध्यक्ष सुनिल कुमार शाक्य तथा महासचिब सागर कपाली

March 25, 2009

नेवा:जागरण मन्चले प्रथम वार्शिक उत्सव भब्य रुपमा मनाइयो

Filed under: Home

सरोज रत्न शाक्य , काठमान्दौ येँ /

  
नेवार तथा बिभिन्न उत्पिडन नेपालीहरुको हक हित को सरंक्षण गर्नको निन्ती गठन गरिएको नेवा: जागरण मन्चले ने स ११२९ मार्च १८ बुधवार का दिन क्षेत्रपाती पार्ती पालेसमा भब्य कार्यक्रमका साथ प्रथम वार्शिक उत्सव मनाइएको छ /

उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाल भाषा एकेदमिका चान्सलर सत्यमोहन जोशीले नेवारहरुपनी अव सङठित एवँम जागरुक भई
आफ्नो हक ,अधिकार तथा स्वायत्त राज्यको लागि संघर्श गर्नु पर्ने कुरा बताउनु भएको छ /

मन्चका संयोजक सुजीब बज्राचार्यले नेवारहरुमा भएको राजनीतिक ,जातीय र क्षेत्रिय बिभाजनको पर्खाल भत्काउने क्रम एक वर्श भित्रमा ठुलो उपलब्धी भएको र यस्लाइ अझ सशक्त ढंगले अगाडि बढाउनु पर्ने कुरा ब्यक्त गर्नु भएको थियो /

त्यस्तै नेवा स्वायत राज्य संयुक्त संघर्श समितिका प्रतिनिधि नेवा: राष्ट्रिय मुक्ती मोर्चाका उमेश स्थापित ,ज्यापु महागुठिका उर्मिला डङ्गोल ,नेवा: मुक्ती मंका दबु का वदन शर्मा ,नेवा: देय दबुका पवित्र वज्राचार्य ,नेपा: लोकतान्त्रिक नेवा: संघका सानु राजा शाक्य ,नेपा राष्ट्रिय पार्तीका नरेश बीर शाक्य ,नेवा: देय गुठी ,नेपाल मन्डल का नरेन्द्र भक्त हाडाले भिन्तुना ब्यक्त गर्दै सम्पूर्ण नेवारहरु एक भई संगठन
बिस्तारमा लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो /

लसकुस गर्ने क्रममा मन्चका सचिब बिजय कृष्ण श्रेष्ठले नेपालको शासन सत्तामा आफ्नो पहुंच बनाउन संघर्श गर्नु पर्ने कुरा बताउनु भयो /
नेवा: जागरण ब्यापार मन्चका सचिब बाल कृष्ण खडगीले सन्चालन गरेको कार्यक्रममा कोशाध्यक्ष अमृत ताम्राकारले एक वर्शको हिसाब प्रस्तुत गर्नु भएको थियो /

कार्यक्रममा जनकवी दुर्गालाल श्रेष्ठ ,नेपाल भाषा मंका खलका अध्यक्ष पद्म रत्न तुलाधर ,नेपा:रास्त्रिय पार्तीका डा केशब मान शाक्य ,लक्ष्मण राजवन्शी ,राजेन्द्र श्रेष्ठ का साथै बिभिन्न भाषिक एवँम राजनीतिक क्षेत्रका सकृय कार्यकर्ताहरुले भाग लिएका थिए /

March 19, 2009

Newah Jagaran Manch 1st Anniverssary

Filed under: Home

March 17, 2009

नेवा: जागरण ब्यापारी मन्चको आयोजनामा ब्रिहत भेला सम्पन्न /

Filed under: Home

सरोज रत्न शाक्य, काठमन्दौ /

    

१७ मार्च

, ०९ नेपालका ब्यापारीहरुको हकहित र सुरक्षाको निम्ति गठित नेवा: जागरण ब्यापारी मञ्चको आयोजनामा बिभिन्न पेशामा संलग्न नेवा: ब्यापारीहरुको बृहत भेला हालै राजधानीको पुल्चोकस्थित होटेल हिमालयमा सम्पन्न भएको छ

भेलालाई सम्बोधन गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले नेवारहरु भाषिक, साँस्कृतिक , ब्यापारका साथै बिभिन्न क्षेत्रमा दक्षता हुँदाहुँदै पनि पछिपर्दै जानु , आफ्नो भाषा बोल्नेक्रम ह्रास हुँदैजानुमा हामी नेवारहरु राजनीतिबाट टाढा हुँदा राज्य सत्तामा नेवारहरुको सहभागिता न्यून हुनु नै मुल कारण भएको बताउनुभयो उहांले अबदेखि

नेवारहरु पनि नडराइकन

कुनैपनि राजनीतिक पार्टी या संगठनमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो त्यस्तै एकिकृत नेकपा माओबादी नेवा:स्वायत्त राज्यको पक्षमा रहेको कुरा पनि उहाँले बताउनुभयो

नेवा: जागरण मञ्चका संयोजक सुजिब बज्रचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ , नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रबीर मालाकार र भूपू अध्य्क्ष राजेशकाजी श्रेष्ठ, नेवा: जागरण मञ्चका सल्लाहकार रमेश महर्जनले नेवारहरुको समस्यालाई समाधान गर्न सबै नेवारहरु संगठित भई लाग्नुपर्नेमा जोड दिनुभएको थियो

त्यस्तै नेवा: जागरण मञ्चका सचिब बिजयकृष्ण श्रेष्ठले लसकुस गर्दै नेवारहरुले पनि अब चाँडोभन्दा चाँडो मञ्च गठन गरी

अब बन्ने संबिधानमा आफ्नो हक, अधिकार र साँस्कृतिक तथा भाषिक सुरक्षा गर्नुपर्नेमा जोड दिनु भएको थियो

 

March 11, 2009

नेवा: जागरण मन्च जापानको आयोजनामा सीप मुलक तालिम सहयोगार्थ‘होली पुन्ही’ धुमधामका साथ मनाए

Filed under: Home

 कुमार बज्र ,ने स ११२९ मार्च १२ ,टोकियो /

नेवा: जागरण मन्च जापानको आयोजनामा ने स ११२९ मार्च ८ तारेख आइतबा:का दिन तोक्योको आकाशाका स्थित नेपाली रेस्तुरेन्ट & बार मन्डलाको सभाहलमा बिभिन्न सान्स्कृतिक कार्यक्रमका साथ ‘होली  पुन्ही’ भब्य रुपमा सम्पन्न भएको छ /

होली पुन्ही को उपलक्षमा उपस्थित हुनुभएका सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई धन्यवाद दिनुहुँदै मन्चका अध्यक्ष सुनिल कुमार शाक्यले कार्यक्रम आरम्भ गर्नु भएको थियो /बिदेशमा बसेर पनि स्वदेशको सन्स्क्रिती झल्कने गरी  होलिपुन्ही मनाउन पाएकोमा  अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै,  शाक्यले, जपानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो।

आफ्नो मन्तब्य दिनुहुने शाक्यले होली पुन्ही को बारेमा सँक्षिप्त परिचय दिनु हुँदै होली पुन्हीको लोक भाका गाएर सुनाउनु भएको थियो /
नेवा: समुदयमा होली पुन्हीको बेलामा ‘होलिया मेला मयजु मस्युला अबिर भचा न तय मज्युला’ भन्ने लोक भाका गाएर नाच गान गरी
अबीर लगाएर होली मनाउने चलन छ /

सान्स्कृतिक कार्यक्रमका क्रममा नेपाली नृत्य मयुर ग्रुप र सुपेअरिबु ग्रुपले साँस्कृतिक नाच एवंम रोमान्चक गीतहरु  प्रस्तुति गरेको थियो भने जनक राज शाक्य ,उपेश श्रेष्ठ ,सुमित्रा शाक्य ,श्याम तन्दुकार ,कौसल्या बज्राचार्य का गीतहरुले उपस्थित हुनुभएका नेपाली तथा जापानी साथीहरुलाई उत्साहका साथ नचाउन सफल भएका थिए /

त्यस्तै अनिल कुमार शाक्यले  ‘सम्हा:या सँया झ्या: कुली कुली चिन्का मिखाय अज: बाला बाला ह्याउँ सिन्ह: तिना ‘भन्ने गीत
गाउँदा  उपस्थित स - साना  बालकहरु झुम्मिएर नाचेका थिए /
     
उकत कार्यक्रममा  नेपाली केटा र जापानी केटी सँग बैबाहिक सम्बन्ध गास्नुभएका नेवा: साथीहरु आफ्नो श्रीमती र छोरा छोरीका साथ उल्लेख्य रुपमा उपस्थित हुनु भएको थियो / त्यस्तै जापानी तथा अरु नेवा: साथीहरुको उपस्थिति भएको यस होली  पुन्हीको कार्यक्रममा  नेवा:खानाले आफ्नो सन्स्क्रिती र मातृभूमी नेपालको सम्झना गराएको थियो /उक्त दिनको  कार्यक्रमको सन्चालन नेवा: जागरण मन्च जापानका उपाध्यक्ष  कृष्ण बदन  जोशीले गर्नु भएको थियो /

झि नेपा या सकल समुदायपिं मिलय जुया वनेमा

Filed under: Home

जोजोलपा, अर्चना मयजुया बिचा:सत प्रतिशत जिमिगु समर्थन दु  /
झि नेपा या सकल समुदायपिं मिलय जुया वनेमा /
झि नेवा: त अझ शान्ती प्रिय जुगुलिं बिना कारण सुनाप ल्वाहा वनी नं मखु/ मेपिं वन धासा नं झिपिं फयां फत्तिले वोने नं मज्यु /
 
गनतक झिसँ गठन याना वया  च्वोनागु नेवा: जागरण मन्च ख: थ्वो मेमेपिं समुदाय नाप ल्वायत वा बिखन्डन हयत मखु /
नेवा: व मेपिं समुदाय (बर्मु ,क्षेत्री फुक्क )नापन हात्तेमालो याना नेपामी या हित या ज्या यायगु ख: /
अथे हे आ: बने जुय त्योङु सन्बिधान य झि नेवा:समुदाय वो मेपिं सकल समुदाय यात समान अधिकार स्थापित यायमा धयागु स: तयगु छगु बल्लागु दबाब बियत न थ्वो नेवा: संगठन या आवस्यकता तायका चोना /
 
मनु धयापिं सकलें छि व जि थें भिङु बिचा ज्वोना वोया चोँपि जक जुइ मखु ,
हाकु नुग: दुपिं नेता तयत खबरदार यायत नं झिगु थ्वो संगठन या आवश्यकता दु /
 
युग युग य छक जक सन्बिधान बने जुइगु जुगुलिं थ्वो सन्बिधान य नेवा: तयगु न स: थ्योन्केगु झिगु कुत: जुइ /
सरकार पाखें नं ट्वा ट्वा लय वया सन्बिधान या सुझाब का: वोया चोङु दु ,अर्चना जि थें बाँलागु बिचा दुपिं न्ह्येलूवा नेवा: तयस थ: नं अग्रसर जुया मेपिन्त नं सुझाब या लागि अग्रसर जुयत कुत याना दि धयागु आसा याना चोना /
 
नेवा: त संगठन य जुयगु व राजनीति वनेगु धालकी तसकं ग्या / कारण प्रिथ्बी नारायण शाह या पाले निसेँ राणा काल तक संगठन य सन धायवं मृत्‍यु दन्द बियगु कारण याना ख :/
उकें अर्चना थें ज्यापीं नेवा:त व  सकल नेपामी या हित चाहे जुइपीं नेता त झित मागु दु / नेवा: तयत संगठन य सनेत प्रोत्साहन बिगु व छुन न राजनैतीक पार्ती दुहाँ वना निस्वार्थ भाबना ज्या याइपिन झि नेवा: नेता त य आ या नेपालय तसकं आवश्यकता दु /
छायधासा झि छल कपत याय न मस:, लुटे न यायमस:/ 
 
उखुनु नेपा: या अर्थ मन्त्री बाबुराम भट्टराई व बलय झिगु संगठन सकल समुदाय या ख्याल तया सन्बिधान दयके मा:धका झिसँ ग्यापन पत्र ल ल्हाना /
आ: वैगु मार्च महिनाया २२ तारेख खुन्हु नेपा:या नेता त मोहन बैद्य ,सिपी गजुरेल ,बर्षामान पुन माओबादी नेतात वो नेपाली काङ्रेस्स नेतात: सुजाता कोइराला ,राम चन्द्र पौडेल ,प्रकाश शरण महत ,दा मिरेन्द्र रिजाल ,अर्जुन जोशी (पर्वतया नेवा:) फुक्क याना च्याम्ह नेता तयगु एन आर एन जापान व नेपाल जनजाती महासंघ जापानया ग्वोसालय छगु तधङु कार्यक्रम तोकियो लय  जुइगु जुगु दु /अबलें झिसँ सकल नेता तयत ग्यापन पत्र बिय त्यनागु दु /आ: बने जुयगु सन्बिधान य नेपाया नेवा: समुदाय वो सकल समुदाय या गयागु भूमिका दयमा धैगु बारे चोया बियगु बिचा दु अर्चना मयजु व सकल नेवा: भाजु मयजुपिन्स थ: थ: गु बिचा छोया हयत थ्वो हे पौ पाखें इनाप याना चोना /
 
झिथाय नेपालय बिभिन्न समुदाय त दु, वो समुदाय धैगु छगु केब थें ख: गुके गुगु स्वाँ बांलक्क ह्वोया चोङु दुसा ,गुङु स्वाँ सुकु गना चोङु दु ,
व सुकु गना चोङु स्वाँ यात न बाँलाक ह्वोयकेगु कुत यायगु झिगु कर्तब्य ख: / दक्क्वो स्वाँ बांलक्क ह्वोल धासा व क्यब तसकं झ:झ:धाइ /
उकें सकल समुदाय या हित वो नेपा या हित हे झिसँ चाहे जुया चोनागु मु आज्जु ख: /

सुनिल कुमार शाक्य
अध्यक्ष
नेवा:जागरण मन्च जापान
तोकियो ,जापान /
090-4294-6887
०३- ५४८९-८८०५

March 6, 2009

नेवा:तय आदी भुमी नेवा: तय अग्रधिकार दयमा:

Filed under: Home

नेवा:जागरण मन्चया संयोजक सुजीब बज्राचार्य ,नेवा:तय आदी भुमी नेवा: तय अग्रधिकार

दयमा:धयागु बारे स: तयत नेपा: या राष्ट्रपती रामवरण यादव नाप / 

March 4, 2009

नेवा: जागरण मन्चले काठमान्दौको बसन्तपुरमा ब्रिहत सभा गर्ने

Filed under: Home

सरोज रत्न शाक्य , काठमान्दौ ,ने स ११२९ मार्च ४

नेवा: हक हित र सरंक्षणका लागि आबद्व नेवा: जागरण मन्चले यही आउँदो अप्रिल ४ तारेख बसन्तपुरमा एक खुल्ला सभाको आयोजना गरी आफ्नो पहिलो वार्शिक कार्यक्रम मनाउने भएको छ /

नेवा: स्वायत्त राज्यको माग गर्दै आएको नेवा: जागरण मन्चको गठन गत वर्श चैत्र १६ गते काठमान्दौको इतुन्बहालमा एक भब्य कार्यक्रम बीच
घोषणा सभाको आयोजना गरी संगठन निर्माण भएको घोषणा भएको थियो /

मन्चको गत शनिबार क्षेत्रपाती पार्टी प्यालेसमा आयोजना गरेको एक ब्रिहत अगुवा कार्यकर्ता भेलाले मन्चको वार्शिक समारोह भब्यतापुर्वक सम्पन्न गर्नका लागि मन्चका सचिब बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा १०१ सदस्य रहेको एक समारोह समिती समेत गठन गरेको छ /

मन्चले नेपाल सन्बतको तिथी अनुसार यही आउँदो मार्च १८ तारेख चिल्लागा सप्तमिको दिन एक ब्रिहत भेलाको आयोजना गरी औपचारिक कार्यक्रम समेत आयोजना गर्ने भएको छ /

त्यसको लगत्तै सबै राजनैतिक दलहरुमा रहेका सम्पूर्ण नेवार नेताहरुलाई आमन्त्रण गरी अप्रिल ४ तारेख शनिबार बसन्तपुरमा सभाको आयोजना गर्न लागेको हो /

March 3, 2009

रोजी श्रेष्ठले क्राउन मिस नेपालको उपाधी जित्न सफल

कुमार बज्र ,तोकियो ,ने स ११२९ March 3

    

फेब्रुअरी २२ तारेखका दिन तोकियोको ग्योतोकु बुन्काकाइकानमा मिस अन्तरराष्ट्रिय जापान सम्प्पन्न भएको छ / बिभिन्न देशका सुन्दरी प्रतिनिधिहरुले भाग लिएको उक्त कार्यक्रममा अवार्द जित्नु हुनेमा मिस थाइ ,मिस फिलिपिन र नेपालको प्रतिनिधिबाट रोजी श्रेष्ठले क्राउन मिस नेपालको उपाधी जित्न सफल भएको थियो / रोजीको डान्स र तालेन्तले सम्पूर्ण उपस्थित महानुभाब हरुलाई आकर्शित गरेको थियो भने सम्पूर्ण प्रश्नको उत्तर बदो कुशलत पुर्वक दिएको थियो /






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft