गोल्डेन लाइभका कलाकारहरुलाई टोकियोमा भब्य स्वागत
में ४ तारीखको गोल्डेन लाइभको कलाकारलाइ अप्रिल २६ तारेखका दिन तोगोशीगीन्जाको एसियन टे नेपाली रेस्तुरेन्तमा तमुधिं जापानले
एक भब्य स्वागत गरेको छ / कलाकारहरु क्रमश भाष्करधोज श्रेष्ठ,जीबन गुरुंग,रेशमा शुनुवार,अमित गुरुंग र जाबेक लाइ तमुधिं जापानको अध्यक्ष दिनेश गुरुंगद्बारा खादा लगाईं स्वागत गरिएको थियो स्वागत क्रममा तमुधि जापानको बर्तमान पदाधिकारी र आयोजक हर्क गुरुंग ,जोन छन्त्याल ,भाई गुरुंग ,खगेन्द्र पुन ,जितमान गुरुंग लगायत थुप्रै पोखरेली युबा साथिहरुले स्वागत गरेको थियो/ स्वागत गर्ने क्रममा कलाकार हरुले सामूहिक रुपमा आफुहरुलाई ल्याउन जापान जस्तो ब्यस्त ठाउमा रहेर पनी हाम्रो लागी अमूल्य समय खर्च गर्ने आयोजक साथीहरुलाई धन्यबाद दिनुभएको थियो . आयोजक मध्य सास्कृतिक संयोजक भाई गुरुंग अनुसार ४ तारीख कार्यक्रमको लागी बृहत् तयारीको लागी रिहसल गर्नको लागी आफुहरूले कलाकार हरुलाई छिटो बोलाएको खुलासा गर्नु भयो . आयोजक हर्क गुरुंगको अनुसार पर्चारको लागी अंतिम तयारी हुदै गरेको खुलासा गर्नु भयो आयोजक खगेन्द्र पुनको अनुसार सबै ब्याबस्थापन सहज रुपमा भएको दाबी गर्नु भयो/
आयोजक जोन छन्त्यालको अनुसार यो गोल्डन लाइभको कलाकार नेपालको लुकेको प्रतिभाको रुपमा देखिने दाबी गर्नु भयो यो कार्यक्रम सफल पार्नको लागी आफु युद्दमा होमिएको जसरी लागी परेको र येस्तो समाज सेवा गर्ने कार्यक्रममा म आबद्द भएको जनप्रगतिशील मोर्चा जापान पनी सधै एकपाइला अगाडी रहने खुलासा गर्नु भयो/
स्वागत मनतब्य दिने क्रममा NRN का अध्यक्ष भवन भट्ट,तमुधिं जापानका अध्यक्ष दिनेश गुरुंग, आदिबासी जनजाति महासंघ का अध्यक्ष वोम गुरुंग ,नेवा: जागरण मंचका अध्यक्ष सुनील कुमार शाक्य ,NRN आईसीसी का किरण थापा ,अग्रज दाजू इश्वोर गुरुंगले आ आफ्नो तर्फ़ देखि सुझाब सल्लाह र शुभकामना दिएका थिए . बिभिन्न संघ सस्था देखि आई स्वागत दिने ब्याक्तिहरुलाई कलाकारको तर्फ़ देखि रेश्मा शुनुवार द्बारा एउटा मिठो गीत द्वारा धन्यबाद दिनुभयो /उक्त कार्यक्रममा हर्क राज गुरुङ (लेकाली बान्ड ),यम गुरुङ(स्थनीय कलाकार) र जीत मान गुरुङ (ब्रोसिस बान्ड )को पनि उपस्थिती थियो/
त्यस्तै मे ३ तारेखमा मेगुरो काइकानमा रेडक्रस society ,सार्दा नगर ,चितवनको सहयोगार्थ बुद्ध गुरुङ र नमस्ते बान्डको आयोजनामा
कलाकारहरु सुनिल बार्देवा ,इश्वोर गुरुङ ,दिपेश मुल्मी ,पुजा लामा , पवित्रा र माया गुरुङको कला प्रस्तुत हुन गई रहेको हुनाले उक्त दिन पनि सम्पूर्ण दाजु भाई दिदी बहिनी हरुलाई उपस्थित भई दिन आयोजक बुद्ध गुरुङ र ईश्वर गुरुङले अनुरोध गरिएको छ /
स्वागत कार्यक्रम सञ्चालन आयोजक जोन छन्त्यालले गर्नु भएको थियो
