नेपाल मन्डल बन्दको अह्वानमा बिशाल जन प्रदर्शन
नेपाल सम्बत ११२९ ,मे ३१ ,सरोज रत्न शाक्य , येँ ।
नेवा: स्वायत्त राज्यको अधिकार सुनिश्चितता र काठमाडौ उपत्यका शहरी विकास विधेयक खारेजीको माग गर्दै नेवा: समुदायले संविधान सभा
तथा संसदको ध्यानाकृष्ट गर्नको लागि नेपाल सम्बत ११२९ तछलाथ्व नवमी (जेठ १८ गते) सोमवा: नेवा: स्वायत्त राज्य बन्द
कार्यक्रम सफल पार्न नेपाल सम्बत ११२९ तछलाथ्व सप्तमी (जेठ १६ गते) शनिवा:का दिन बसन्तपु, येंय् बाट
नेवा: स्वायत्त राज्य - मंका: संघर्ष समितिको अह्वानमा बिशाल जुलुश प्रदर्शन गरिएको छ /
नेवाः राज्यभित्र गैरनेवा:को पनि समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने तर अग्राधिकार नेवाःलाई दिइने दाबी गर्दै नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिले बसन्तपुरमा शनिबार प्रचारात्मक आम सभाको आयोजना सम्पन्न गरेको छ /
उक्त प्रचारसभामा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्य, नेपाः राष्ट्रिय पार्टीको उपाध्यक्ष नरेशवीर शाक्य,लोकतान्त्रिक नेवा: संघका सानु राजा शाक्य , नेवाः राष्ट्रिय मुक्तिमोर्चा काठमाडौंका अध्यक्ष उमेश स्थापितल, पुर्व मन्त्री हिसिला यमी गायतले नेवार भूमिमा जबसम्म स्वायत्त नेवार राज्य स्थापना हुँदैन तबसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो।
बन्दको अघिल्लो दिन १७ गते मसालजुलुस निकाल्ने संर्घष समितिका सदस्य सुजीव वज्राचार्यले बताउनुभयो।
यस एतिहासिक नेपाल मन्दल बन्दमा सहभागि भइ एक्यबद्वता जनाउन सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई संघर्श समिती द्वारा अनुरोध गरिएको छ /
