नेपाल मन्डल बन्द कार्यक्रमप्रति नेवा: जागरण मन्च जापानद्वारा एक्यबद्वता
नेपाल सम्बत ११२९ मे २६ , कृष्ण बदन जोशी, टोकियो /
नेवा:स्वायत्त राज्यको माग गर्दै नेवा:स्वायत्त राज्य मंका संघर्श समितिद्वारा घोशित यही जेष्ठ १८ गते सोमबार (जुन १ तारेख)को उपत्यका लगायत नेवा:हरुको आदिभूमी बन्द जस्ता संघर्श कार्यक्रमप्रति पूर्ण समर्थनसहित नेवा:जागरण मन्चले हार्दिक एक्यबद्वता जनाएको छ /
मंचका तर्फबाट अध्यक्ष सुनिल कुमार शाक्यद्वारा प्रेशित बक्तब्यमा ,घोशित बन्द कार्यक्रमलाई सफल पार्न देशबिदेशमा रहेका सम्पूर्ण नेवा:
तथा सम्पूर्ण नेपाली समुदायहरुमा हार्दिक अपिल पनि गरिएको छ /
बक्तब्यमा ,नेवा:हरुको भूमिका र अधिकारलाई स्थापित गर्न र एतिहासिक नेपाल मन्डल क्षेत्रमा स्वायत्त राज्यको माग गर्दै आएको नेवा: स्वायत्त राज्य मंका संघर्श समितिमा नेवा: जागरण मन्च जापानको पनि सक्रिय सलंग्नता रहेको जनाइएको छ /
