नेवा:खाना बनाउन सक्ने २ जना कुक तुरुन्त चाहियो
नेवा:खाना बनाउन सक्ने २ जना कुक तुरुन्त चाहियो /
संपर्क : लाल :080-3706-6980

नेवा:खाना बनाउन सक्ने २ जना कुक तुरुन्त चाहियो /
संपर्क : लाल :080-3706-6980

नेपाल सम्बत ११२९ जुन ११ ,पुस्कर लाल जोशी ,बार्सेलोना /
स्पेन र संसार भरिमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरुको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रती अग्रसर हुन ,राजनितिक , प्राशासनिक ,भाषिक क्षेत्रमा सम्पूर्ण नेपालीहरुको समावेशीकरन गर्न ,
भाषा र सन्स्कृतिको सरंक्षण एवं उत्थान र नेपालमा सीप मुलक तालिम तथा छात्रब्रितीको लागि आर्थिक सहयोग गर्ने उद्वेस्य लिइ यही नेपाल सम्बत ११२९ मे महिनामा स्पेनको बार्सेलोनामा १७ सदस्यीय कमिटी गठन गरिएको छ/
जसमा सल्लाहकार मुक्तिशाक्य ,अध्य्क्ष राजु शाक्य ,महासचिब पुषकर जोशी ,कोशाध्यक्ष सुर्यमान महर्जन , केन्द्रिय सदस्यहरुमा क्रमस :
सागर श्रेष्ठ ,मनिष श्रेष्ठ ,भुपेन्द्र नाथ मास्के ,दीपाल शाक्य ,बिजय बज्राचार्य ,बिभुशन राज जोशी ,मन कृष्ण शाही रहेको छ भने
साधारण सदस्यहरुमा बिभा मास्के ,निर्मल कुमार श्रेष्ठ ,सरोज खडकि ,आदर्श दास श्रेष्ठ ,बिष्णु काजी महर्जन ,श्री राम शाही रहनु भएको छ /
त्यस्तै संसारको बिभिन्न राष्ट्रहरुमा नेवा: जागरण मन्च धमाधम गठन हुने कार्य भईरहेको हुनाले सम्पूर्ण नेपाली दाजु भाई दिदीबहिनिहरुलाई newajagaranmancha@gmail.com मा संपर्क गर्न अनुरोध गरिएको छ /
बिस्त्रित जानकारीको लागि पुषकर लाल जोशी ,मुक्ती शाक्य joshipuskar@gmail.com 34-6962-42649 बार्सेलोनामा सन्पर्क गर्न अनुरोध गरिएको छ /
http://newajagaranmancha.blogsome.com/
Njm spain members e-mail address:
<bibhushan@gmail.com>, <biva8@hotmail.com>, <muktishakya@gmail.com>, <bnmaskey69@hotmail.com>, <rajushakya@gmail.com>, <nkumar@hotmail.com>, <shresthasagar@hotmail.com> <avi.dada@gmail.com>, bijaybajracharya@hotmail.com,
नेपाल सम्बत ११२९ जुन ११,तोकियो /
नेपाल मन्दल बन्द बलय घाइते पिन्त ग्वाहालिया लागि न्ह्योचिला दिपिं राजेश श्रेष्ठ ,रोशन श्रेष्ठ ,रेहना वेष्टर ,नेवा: जागरन मन्च जापान या दुज:त,त्रिब तुलाधर ,दिपक तुलाधर व सकल नेवा:दाजु किजा ततकेहें पिन्त नेवा: जागरण मन्च जापान पाखेन दुनुगलन निसे शुभए देछाना चोना /
बिदेशय चोन्पी पासापिन्स जापान या बैंक या नम्बरय छोया हयत इनाप याना चोना / नेपालय धेबाया तुरुन्त आवश्यक जुल धागु लि गुलिफु उली याकन सहयोगया इनाप du / Japan’s Bank A/C No.
Mistubishi Tokyo UFJ Bank
Newa Jagaran Manch Japan A/C No.0120330 Shibuya Branch
नेपा:या पासापिन्स सुजिब वा सरोज यात स्वापु तया दिसँ /
स्वापु : सुजिब बज्राचार्य ,njm@mail.org 98510-81750 सरोज रत्न शाक्य :newasaroj@gmail.com 4261663 गुली धेबा गन वोल धैगु फुक्क ,पार्दर्सी या रुपय ,नेसोका या मेल व नेवा: जागरण मन्च या होम पेजय दाता या ना वो धेबा प्रस्त यायगु जुइ / झि बिदेशय चोन्पिन्स नेपा या पीडित मनु तयत भचा जक ग्वाहालि याय दसा न ,झी नेपामी धयपि नि हृदय गुली तधन धयागु प्रस्त जु / अवस्य न छुन न छुन कारण याना बिदेशय चोना लजगा ब्यवसाय याना चोनागु दु तर झि मन धासा न्ह्याबलेन नेपा व नेपामी या हित य छुन सहयोग यायत तयार दु /
सुभाय सुनिल कुमार शाक्य
अध्य्क्ष नेवा: जागरण मन्च जापान
090-4294-6887 (More detail information call me anytime)
नेवाः स्वायत्त राज्य स्थापनाया माग व शहरी विकास विधेयकया खारेजीया माग याःगु नेवाः स्वायत्त मंकाः संघर्ष समितिं जेठ १८ गतेया नेपाल मण्डल बन्द लिपा नं ठोस निर्णय मयाःगु धासें संघर्षया ज्याझ्वः घोषणा याःगु दु । Monday मबाः च्वंगु बैठकं नेपाल मण्डल बन्दया भुवलय् आक्रमण याईपं गुण्डातय्त कार्वाही यायेगु व घाःपाः जूपिंत नागरिक अभिनन्दन याइगु जूगु दु । संघर्षया ज्याभुवःकथं नीखुम्ह नेवाः सभासद्तय्त नेवाः स्वायत्त राज्यया विषयसं सहलह यायेगु व संविधानसभाया खुसः व छम्ह दुजःतलिसे परार्मश यायेगु राज्य पुनः संरचना समितियात थःगु अवधारणासहितया ज्ञापन पत्र बिइगु व थःगु प्रस्ताव न्ह्यब्वयेगु थीथी पार्टीया शिर्षस्थ नेतातलिसे नापलायेगु ज्याझ्वः क्वःछ्यूगु दु । ईया विषयसं लिपा सहलह यानाः क्वःछ्इगु व मागया विषयसं छु नं सुनुवाई मजूसा धर्ना तथा कडा संघर्षय् कुहाँ वयेगु जानकारी ब्यूगु दु ।
समुद्रपारि डट कमलाई नेवा: जागरण मन्चद्वारा हार्दिक बधाई तथा शुभकामना
- ८ जुन, Nepal Sambat 1129
तेश्रो बर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा जापानबाट संचालित अनलाइन पत्रिका समुद्रपारी डट कमलाई नेवा: जागरण मन्च जापानले हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गरेको छ । एक वक्तब्य प्रकाशित गरी मंचले बधाई तथा शुभकामना ब्यक्त गरेको हो । मंचका अध्यक्ष सुनिलकुमार शाक्य र महासचिव सागर कपालीद्वारा जारी गरिएको वक्तब्यमा भनिएको छ - जापानबाट संचालित समुद्रपारि डट कमले तेस्रो पुरा गरी चौथो बर्षमा प्रवेश गरेको उपलक्षमा हामी हार्दिक बधाई तथा अझै लोकप्रियताको कामना गर्दछौ । बिश्वब्यापीरुपमा बस्ने नेपाली समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणका लागि सूचनाको सेवामा समुद्रपारि डट कमले खेल्दै आएको भूमिकाको उच्च मूल्यांकन गर्दै भविष्यमा अझ सशक्त सूचनाको माध्यमकारुपमा स्थापित हुने छ भन्ने कुरामा हामीलाई बिश्वास छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षण एवम् सम्बर्द्धन गर्ने दिशामा पनि समुद्रपारि डट कम निरन्तर अगाडि बढ्न सफ़ल हुनेछ भन्दै यसको निरन्तरता र सफलताको लागि हामी हार्दिक शुभकामना ब्यक्त गर्दछौ प्रेषित वक्तब्यमा उल्लेख छ। ***
|
६ जुन, ०९ । दाङ लगायतका नेपालका बिभिन्न भूभागहरुमा भारतियहरुद्वारा भईरहेको नेपाली सिमा अतिक्रमण लगायत ज्यादतीप्रति नेवा: जागरण मञ्च जापानले जापानलेकडा आपत्ति जनाउँदै उक्त कार्यको घोर भत्सर्ना गरेको छ ।
मञ्चले एक प्रेस बिज्ञप्ती प्रकाशित गरी भारतको उक्त घृणित कार्यप्रति घोर आपत्ति जनाउँदै बिरोध जनाएको हो । मञ्चका अध्यक्ष सुनिलकुमार शाक्य र महासचिव सागर कपालीद्वारा जारी गरिएको बिज्ञप्तीमा दाङका सीमा क्षेत्रमा भारतका सशस्त्र सीमा बल (एसएसबी) र भारतीयहरुको ज्यादती सहन नसकी १८ सय भन्दा बढी नेपालीहरु बिस्थापित भई नेपालको जङगलमा शरणार्थी भई बाँच्न वाध्य तुल्याइएको उल्लेख गर्दै भारतको यसप्रकारका अमानबिय कार्यको हामी घोर भत्सर्ना गर्दछौ - भनिएको छ ।बिज्ञप्तीमा भारतले नेपाललाई हेपाहा प्रबृक्तिले सिमावासी नेपालीहरुलाई अत्याचार गर्ने, अनेकन दु:ख दिने, बुद्व नेपालमा नभई भारतमा जन्म भएको भनि दूष्प्रचार गर्ने, नेपाल भारतमा पर्छ भनि हल्ला फिजाउने, लाखौं नेपाली चेलीबेटीहरुलाई भारतमा किनबेच गर्ने, नेपालका अन्तर्राष्ट्रिय तहका उद्योगहरुलाई निरुत्साहित गरी बैदेशिक लगानी भित्र्याउन नदिने जस्ता अत्याचार हुँदा पनि हामी नेपालीहरु सहेर बस्न वाध्य भईरहेको तर्फ़ इंगित गर्दै अव सचेत देशभक्त नेपालीहरु जाग्नुपर्ने र परिआएमा राष्ट्रियताका लागि दिलोज्यान दिन तयार हुनुपर्नेमा जोड दिईएको छ । यसैगरी बिज्ञप्तीमा सचेत नेपालीहरु अब मूकदर्शक भएर होईन नेपाल सरकार र नेताहरुलाई दबाब दिने र देश बिदेशमा रहेको भारतीय दूतावास अगाडि धर्ना तथा बिरोध कार्यक्रमहरु गर्ने, अन्तर्राष्ट्रिय समुदायलाई भारतियहरुको अमानबिय ब्यवहारको जानकारी गराउने, भारतले नेपाललाई गरिरहेको अत्याचारबारे बिदेशीहरुलाई बुझाउने जस्ता कार्यहरु गर्न सम्पूर्ण संघसंस्था लगायत सचेत एवम् देशभक्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा मन्चले हार्दिक आह्वान गरेको छ । *** |
नेपाल सम्बत ११२९ जुन३ ,तोकियो ,जनक राज शाक्य /
नेपाल उध्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा अभिन्युज टेलिभिजनका महाप्रबन्धक भास्कर राज कर्णिकारलाई नेपाल सम्बत ११२९ जुन २ तारेखका दिन तोकियोको सिबुया स्थित एसियन दाइनिङमा नेवा: जागरण मन्च जापान द्वारा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ /
कार्यक्रमको प्रारम्भमा कर्णिकारज्युलाई २ वर्शको शाक्य अमिले फुलको गुचछा हस्तान्तरण गरी स्वागत गरिएको थियो /
कर्णिकारज्युलाई स्वागत र लसकुस गर्न सकेकोमा आफु र नेवाः जागरण मञ्च जापानका साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै, मञ्चका उपाध्यक्ष कृष्ण बदन जोशिले , जपानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो।
त्यस्तै आफ्नो मन्तब्य दिने क्रममा मन्चका सल्लाहकार अनिल कुमार शाक्यले नेपालीहरु जात भात ,जात जाती भनेर नअल्झी सम्पूर्ण नेपालीहरुलाई जागरण गरी आफुले नेपाल को लागि के कस्तो सहयोग गर्न सकिन्छ भनी सोची सम्पूर्ण नेपालीहरुले केही मात्र सहयोग गरेको खन्दमा नेपालको बिकासको लागि ठुलो तेवा पुग्ने कुरा बताउनु भयो /
स्वागत मन्तब्यको क्रममा एन आर जापानका भु पु अध्यक्ष राजन प्रधानाङ्गले सम्पूर्ण नेपालीहरु एक धिक्का भई हामी नेपाली हाऊन भनेर लाग्नु पर्ने कुरा बताउनु भयो /
नेपाल बहु भाषा बहु जाती भएको देश भएको हुनाले एक जातीले मात्र राज्यको मुल प्राशासनिक, राजनीतिक वा कुनै पनि क्षेत्रमा एकाधिकार नगरि सम्पूर्ण नेपाली हरुको भावनालाई समेती समान अधिकार दिलाउनु पर्ने कुरा मन्चका अर्को सल्लाहकार सुवर्न बज्रचार्यले आफ्नो बिचार ब्यक्त गर्नु भयो /
त्यस्तै मन्तब्य दिने क्रममा मन्चका उपाद्यक्ष जनक राज शाक्यले कर्णिकारज्युलाई स्वागत गर्नु हुँदै नेवा:जागरण मन्च को उद्वेस्य नेपालमा केही सहयोग गरौं र नेपालीहरुलाई राजनीतिक नेताहरुमा मात्र भर नपरी आँफै जाग्रित भई लाग्न जागरण गर्ने कार्यमा लागिरहेको र मन्चको सहयोगमा हाल बैरेनी र कल्लेरी गा बि स जोड्ने झोलुङे पुल को निर्माण को लागि हाल इन्जिनीयर मार्फत सर्भे भाई सकेको र त्यसको बिस्त्रित जानकारी केही दिन मा नै आउने कुरा बताउनुभयो /
अतिथि आसन बाट बोल्नुहुँदै,कर्निकारज्युले आफुलाई स्वागत गरेकोमा मन्चका सम्पूर्ण पदाधिकारी हरुलाई धन्यवाद दिनु हुँदै जापान जस्तो देशमा बसेर आफ्नो सास्क्रिती र राष्ट्रको लागि केही गरौं भन्ने भावना लिइ मन्च अगाडि बढी रहेको देखेर धरै प्रभाभित भएको कुरा बताउनु भयो / नेपाल भाषा ,नेवा: सन्स्क्रिती ,नेवा:सभ्यता भनेको नै नेपाल भएको हुनाले सम्पूर्ण नेपालीहरु एक भई हामी नेपाली भनेर गर्व गरी अगाडि बदनु पर्ने कुरामा जोड दिनु भयो /
कर्णिकारज्युको स्वागत गर्ने क्रममा मन्चका अध्यक्ष सुनिल कुमार शाक्यले धन्यवाद ज्ञापन गर्नु हुँदै ,कर्निकारज्यु जस्ता उध्योगी बुद्विजिवी को बिचारहरु सुन्न पाउन्दा आफु अत्यन्त प्रभाभित भएको कुरा बताउनु हुँदै शाक्यले मन्चको संक्षिप्त परिचय दिन्दै मन्चको मुल उद्वेस्य भनेको नै नेपालीहरुलाई सीप, ज्ञान हासील गर्नको लागि सहयोग गर्ने कुरा बताउनु भयो /
नेवा: जागरण मन्च भन्ने संगठनको नाम भएको हुनाले यसले नेवा:हरुलाई मात्र सहयोग गर्ने हो कि भन्ने भ्रम हताइ दिन सम्पूर्ण नेपाली हरुलाई अनुरोध गर्दै यस संगठनले सम्पूर्ण नेपाली हरुलाई सक्दो सहयोग गर्ने उद्वेस्य लिइ अगाडि बढी रहेको ,उदाहरणमा धादिङको बैरेनी गा बि स नेवा: बस्ती नभए पनि उक्त थाउन्मा झोलुङे पुर्लको लागि मन्च प्रयास रत रहेको कुरा बताउनु भयो /त्यस्तै जापानमा बस्ने नेपालीहरुको एक आपसमा परस्पर सहयोग गर्ने उद्वेस्यले मन्चले छित्तै एक हत लाइन को ब्यवस्था गर्न लागेको जसले समस्यामा परेका नेपालीहरु लाई सक्दो सहयोग सुझाब दिने कुरा प्रकाश पार्नु भयो /
नेपालका बिभिन्न भाषा भाशी ,जात जाती हरु एक फुलवारी भएको र त्यसमा फुलेको फुललाई सम्हाल्दै नफुलेको फुललाई फुलाउन सके मात्र उक्त बगैचाको सोभा बध्ने कुरा बताउनु हुँदै हामी नेपालीहरु सबै एक मुलधारमा आएर नेपालीहरु एक भई लाग्नु पर्ने र अव बन्ने सन्बिधान मा सम्पूर्ण नेपालीहरुको समान अधिकार सुनिस्चित गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो /
त्यस्तै शाक्यले जुन एक तारेखको काठमान्दौ बन्द नेपाली नेपालीमा बिभाजन ल्याउने भाबनाले प्रेरित भएर नभै नेवा:हरु पनि नेपालका नागरिक हुन ,उनिहरुले बन्द हदताल ,राजनितिमा सकृया रुपमा कहिल्यै लाग्दैन भन्ने भ्रम मेटाउन र आफ्नो अधिकार सुनिस्चित राख्न वाध्य भई
नचाहन्दा नचाहन्दै पनि पोखेको एक अभिब्यक्ती हो भने बिना पुर्वाधार काठमादौमा बस्ती बढाउने योजना र जुन सुकै संगठनले काठमान्दौ नै बन्द गर्ने हुनाले काठमान्दौ बासी धेरै पीडित भाई रहेको कुरा बन्दले ब्यक्त गर्न खोजिएको तर बन्द बेला गरिने कुनै पनि जोड जबर्जस्ती तथा तोदफोद मन्च सधैं भत्सर्ना गर्दछ भन्ने कुरा ब्यक्त गर्नु भयो /
उमेश सुवाल तथा उनका श्रीमती ,गेहेन्द्र बज्रचार्य ,बबी बिमोली ,सागर घिमिरे ,पुस्कर राजकर्णिकार ,प्रदिप श्रेष्ठ ,स्याम तन्दुकार , उपेश श्रेष्ठले मन्चको कार्यक्रम देखी धेरै प्रभाभित भएको र मन्चले यस्तै रचनात्मक कार्यहरु अझ बढी गर्न सकोस भनेर प्रोत्साहन दिनु भयो /
उक्त कार्यक्रमको दोश्रो चरनमा मञ्चका उपाध्यक्ष कृष्ण बदन जोशी द्वारा टोस्ट् गरी नेपाली स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो /
बन्दले समाधानभन्दा समस्या के हो भन्ने उजागर गर्दछ
Nepal Sambat 1129,june 2 ,पदम श्रेष्ठ
जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक जुनसुकै रूपमा संघ बने पनि काठमाडौं उपत्यका नेवारहरूको आदिभूमि हो र यो भूमिबारे कुनै पनि नेता, पार्टीा सरकारले नीति निर्माण गर्दा केन्द्रीकृत सत्ता लाद्नु हुँदैन भन्ने नेवार समुदायको संयुक्त आवाज हो जेठ १८ को उपत्यका बन्द ।
सुजिव वज्राचार्य संयोजक,
नेवाः जागरण मञ्च
जेठ १८ मा नेवार समुदायबाट उपत्यका बन्दको आह्वान गरिएको छ । हरेक कुरा बन्दले मात्र समाधान होला र ? बन्दले समाधान होइन समस्या के हो भन्ने कुरा उजागर गराउँदछ, शान्तिपूर्ण् आवाजप्रति बेवास्ता गर्ने सरकार माग सुन्ने तर्फलाग्नेछ । जातीय आधारमा नै संघीय नेपाल बन्नर्ुपर्छ भन्ने दबाब सिर्जना गर्न, २०५६ जेठ १८ गते र्सवाेच्च अदालतले काठमाडौंमा नेपालभाषा, जनकपुर र राजविराजमा मैथिल भाषा प्रयोग नगर्नू नगराउनू भनी दिएको निर्णयबदर गराउन र उपत्यकाका आदिवासी नेवार समुदायको भावनाविपरीत संसद्मा दर्ता गराइएको काठमाडौं शहरी विकास विधेयक फिर्ता गराउन बन्दको आहवान गरिएको हो ।
बन्दको खास उद्देश्यचाहिँ के हो नि ? जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक जुनसुकै रूपमा संघ बने पनि काठमाडौं उपत्यका नेवारहरूको आदिभूमि हो र यो भूमिबारे कुनै पनि नेता, पार्टीा सरकारले नीति निर्माण गर्दा केन्द्रीकृत सत्ता लाद्नु हुँदैन भन्ने आन्दोलनमा संलग्न नेवाः जागरण मञ्च, नेवाः देय् दबू, नेपाः राष्ट्रिय पार्टीनेवाः राष्ट्रिय आन्दोलन, नेवाः लोकतान्त्रिक संघ (एमाले), नेवाः राष्ट्रिय मुक्तिमोर्चा मात्र होइन कांग्रेस, राप्रपा आदि राजनीतिक पार्टीग आबद्ध नेवार समुदायको संयुक्त आवाज हो यो । डा. महेशमान श्रेष्ठले थाल्नुभएको कृषि भूमि संरक्षण अभियानका लागि बाहिरी चक्रपथ निर्माण र जथाभावी हाउजिङ, बस्ती विस्तारमा रोक लगाउनु पनि बन्दको उद्देश्य हो । नेवारहरूको बाहुल्य ३६ प्रतिशत मात्र रहेको अवस्थामा स्वायत्त राज्य स्थापनाको मागले कतिको र्सार्थकता पाउला ?
६४ प्रतिशतले स्वीकारेका छन् कि उपत्यका नेवारको आदि भूमि हो । एउटा घरमा घरपतिको भन्दा बहालवालाको संख्या बढी हुन सक्छ, तर घरपति एक जना मात्र भए पनि घरपति नै हुन्छ । जसरी विदेश गएका घरपतिले लालपर्ुजाको आधारमा घरमा शासन गर्न पाउँछन् त्यसै गरी उपत्यकामा नेवार अल्प संख्यामा भए पनि उसको आदिभूमिको नाताले यहाँको कलाकृति, शिलापत्र प्रमाणको आधारमा उसले शासन गर्न पाउनर्पर्दछ । फेरि ६४ प्रतिशत भनेको र्राई, लिम्बु, मगर, गुरुङ, तामाङ, खस, ब्राम्हण, मधिशे, थारु, शेपा आदि सबैको कुल संख्या हो । यसलाई वर्गीर्करण गर्दा ३६ प्रतिशत नेवार त बहुमतमै रहन्छ नि ! जातीय आधारमा हुने संघीयताले देश टुक्राउँछ भनिन्छ नि - यहाँको धारणा के छ ? छिमेकी देश भारतको बंगाल, पञ्जाव, गुजरात, मारवाड, विहार नाउँका जातीय संघीयता छन्, टुक्रिएको छैन त ।
बरु पाकिस्तान र बंगलादेशलाई मुस्लिम स्वायत्तता नदिनुको परिणाम टुक्रिएको हो । जसलाई जे रोग लागेको छ त्यसलाई त्यही रोगको उपचार नगरे रोग जटिल भई निको नहुन सक्छ । आज देश २ सय ४० वर्षेखि जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक मुक्तिको लागि राहत खोजिरहेको छ, राहतमा आहत थपिए समानान्तर छायाँ सरकार बनाउँदै छुट्टै आन्दोलनतर्फधकेलिन पनि बाध्य हुनेछ । -
From: Nepal Samachar patra
स्वागत व बिदाइ कार्यक्रम
कन्हे नेपाल सम्बाट ११२९ ,जुन २ तारेख खुनु नेपाल पाखे बिज्याना दिपिं उध्योग बनिज्य महासंघ या उपाध्यक्ष तथा अभिन्युज तेलिभिजन या प्रबन्धक भाजु भास्कर राज कर्निकार व उध्योग बणिज्य महासंघया पदाधिकारी तयत नेवा: जागरण मन्च जापान पाखेँ स्वागत व बिदाइ कार्यक्रम यायगु जुगुलिन सकल नेवा: भाजु मायाजु पिन्त बिज्याइ झाइ धयागु इनाप याना चोना /
थाय : Asian Dining
B1F,1-5 Onuma Bldg.Sakuragaoka-Cho,Shibuya-ku, Shibuya.
JR Yamanote Line Just 2mins Walk.
Time: 6:00 Pm.
Tel. 03-5458-2656
Contact: Sunil Kumar Shakya 090-4294-6887
Sagar Kapali: 080-3918-0646
Khrisn Badan Joshi 090-3956-3386
Rajendra Manandhar:080-1217-0271
Janak Raj Shakya:080-3189-99198
Anil Kumar Shakya:090-3710-6519
Keshab Lal Shrestha:090-3683-2079
Shakya Ratna Shakya:080-34110139
Chandra Man Maharjan:090-8476-9495
Gehendra Bajracharya: 090-6513-8370

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft