Newah Jagaran Manch Japan

September 28, 2009

दुई जना स्ताफ तुरुन्त चाहिएको छ

Filed under: Home

सर्वाधिकार नेवा:जागरणम मन्च जापान सँग सुरक्षित छ /
यसमा प्रकाशित समाचारहरु साभार गर्दा स्रोत खुलाइ दिन हुन हार्दिक अनुरोध गर्दछौ /
निशुल्क बिज्ञापन :newajagaranmancha@gmail.com

 

सिन्ज्युकु एरियामा जापानी भाशा बोल्न सक्ने दुई जना स्ताफ तुरुन्त चाहिएको छ /
समय : बिहान १०:०० बाट १५:०० सम्म ,बेलुका २४:०० बाट बिहान ५:०० बजे सम्म
संपर्क:०९०-४५४८-४४९२

एसएसबीबाट मारिएकाका परिवार बिचल्लीमा

Font size: Decrease font Enlarge font
image

अशोक पहाडी/नयाँ पत्रिका

रौतहट, २२ असोज

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रौटहट सरमजुवाका मोकल राय यादवलाई पिटीपिटी मारेपछि उनको परिवार बिचल्लीमा परेको छ । मजदुरी गरेर परिवार पाल्ने यादव मारिएपछि श्रीमती उर्मिलादेवीलाई वृद्धा सासू र ६ जना छोराछोरी पाल्ने जिम्मेवारी आइलागेको छ ।

घुस नदिएपछि एसएसबीका अधिकारीहरूले यादवलाई गत बिहीबार ११ घन्टासम्म नियन्त्रणमा लिई कुटेर साँझ घर पठाएका थिए । घर पुग्नेबित्तिकै उनको मृत्यु भएको थियो ।

आफ्ना नागरिकलाई छिमेकी देशको सुरक्षा बलले कुटेर मार्दा पनि नेपालले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । स्थानीय बासिन्दाले चर्को प्रदर्शन गरे पनि पीडितले न्याय पाएका छैनन् । ‘न्याय पाउने त कता हो कता, खानकै समस्या भएको छ,’ यादवकी श्रीमती उर्मिलादेवीले गुनासो गरिन् ।

रौतहट सरमजुवा- ८ का ३५ वर्षीय यादवलाई भारत मोतिहारी जिल्ला जमुनिया बेसक्याम्पका सुरक्षाकर्मीले भारतकै घोडासान जाँदै गर्दा १७ असोज बिहान पक्राउ गरी चरम यातना दिएका थिए । सरमजुवामा सानो छाप्रोमा गुजारा गरिरहेका यादव घरनजिकैको सीमावर्ती बजार बंकुलमा अरूले किनेर दिएको मासु पकाइदिएर परिवार पाल्दै आएका थिए ।

कसरी मारिए यादव ?

१७ असोज बिहान बंकुल बजारका सुर्ती-व्यापारी वैजनाथ पण्डितले यादवलाई दुई बोरा सुर्ती भारतको घोडासान पुर्‍याउन अह्राएका थिए । आठ बजे बिहान साइकलमा सुर्तीको डाँठ राखेर घोडासान जाँदै गर्दा सीमामा तैनाथ एसएसबीका सुरक्षाकर्मीले उनीसँग घुस मागेका थिए ।

तर अरूको मजदुरी गर्ने यादवले घुस दिन नमानेपछि उनलाई नियन्त्रणमा लिएर बेलुका सात बजेसम्म कुटपिट गरिएको थियो । एसएसबीको जमुनिया क्याम्पमा लगिएका यादवलाई पहिला घाँस उखेल्न लगाइएको थियो ।

घाँस उखेलेर थाकेका यादवले घर जान माग गरेपछि कुटपिट सुरु भएको थियो । दिनभरको यातनापछि उनलाई साँझ गाडीमा राखेर सीमा बंकुल बजारछेउ ल्याएर छाडिएको थियो ।

यातनाबाट सख्त घाइते यादव जसोतसो घर पुगे र आमालाई भने, ‘म बाँच्दिनँ होला एसएसबी पुलिसले धेरै कुटेको छ, छोराछोरी हेर्नुहोला ।’ त्यसको दुई घन्टामै उनको मृत्यु भयो । यादवको घाँटी र पेटमा नीलडाम थियो ।

यादवको मृत्युपछि भोलिपल्ट बिहान एसएसबीको ज्यादतीविरुद्ध स्थानीयवासीले बंकुल बजार बन्द गराए । शव बंकुल बजारमा राखेर दोषी एसएसबीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरियो । घटना बुझ्न जमुनिया बेसक्याम्प गएका बंकुल बजार समितिका अध्यक्षसहितको टोलीलाई क्याम्पका इन्चार्ज रामेश्वर ध्यामीले उल्टै धम्क्याए । मागको कुनै सुनुवाइ भएन ।

छलफलका लागि मंगलबार भारतको मोतिहारी गएका रौतहटका प्रमुख जिल्ला अधिकारी डा. कमलेशकुमार सिन्हा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक घनानन्द भट्ट र सीमा सुरक्षा बल गौरका सशस्त्र प्रहरी प्रमुख विश्वकान्त पाठकलाई त्यहाँका सुरक्षा अधिकारीले थर्काएर पठाए । उनीहरूले एसएसबीले यादवलाई यातना नदिएको दाबी गर्दै घटनाको जिम्मेवारी लिएनन् । घटनाबारे बुझ्न गएको टोली निरीह बनेर बुधबार फर्केपछि पनि सरकारले कुनै प्रतिक्रिया दिएको छैन । यसरी एउटा निर्दोष नेपाली नागरिकको गैरन्यायिक हत्याको विषय सेलाएर जान थालेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://newajagaranmancha.blogsome.com/2009/09/28/p222/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft